IMG-LOGO

नेवाः पत्रकार राष्ट्रिय दबू काभे्रको ५ औं सभा

 मंगल, फागुन २२, २०८०  ---

       नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाको पाँचौं वार्षिक साधारणसभा शनिबार बनेपामा सम्पन्न भएको छ ।साधारणसभा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता दबूको काभ्रे शाखा अध्यक्ष सोमकाजी शाक्य रहेका थिए । वार्षिक साधारण सभामा केन्द्रीय सल्लाहकार मोहन दुवाल, केन्द्रीय पार्षद एवं काभ्रे शाखाका सल्लाहकार सूर्यप्रसाद लाकोजूले दबूको विधान बमोजिम सञ्चालन गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । साथै प्रमुख अतिथि केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले काभ्रे शाखाको कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्न दबूको तर्फबाट आवश्यक सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।

       कार्यक्रमका स्वागत मन्तव्य काभ्रे शाखाका उपाध्यक्ष शम्भुलाल श्रेष्ठ, सचिव प्रकाश बहादुर कायस्थको प्रगति प्रतिवेदन सहसचिव बिपशना शाक्यले गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन र धन्यवाद ज्ञापन दबूका अध्यक्ष सोमकाजी शाक्यले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन दबूका प्रदेश पार्षद काभ्रे शाखाका निवर्तमान अध्यक्ष सिद्धिबहादुर कर्माचार्यले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्