IMG-LOGO

कांगे्रस अभियान लिएर गाउँ गाउँमा

 मंगल, फागुन २२, २०८०  ---

       नेपाली कांगे्रस काभे्रले जनताका अपेक्षा, सुझाव र गुनासो बुझ्न समुदायमा कांगे्रस अभियान लिएर सबै टोल बस्तीमा जाने भएको छ । केन्दी्रय प्रतिनिधि रहेकी केन्द्रीय सदस्य सानु बास्तोलाको उपस्थितिमा पार्टी कार्यालय बनेपामा आयोजित एक कार्यक्रम सम्पन्न गरिएको हो । तोकिएका प्रतिनिधिले जनताको अपेक्षा, सुझाव र गुनासो विकास र सेवा प्रवाहको अवस्था, र समुदायको असल अभ्यासबारे जिल्ला पार्टिलाई प्रतिवेदन दिने, नेपाली कांगे्रस काभे्रका सभापति तिर्थ लामाले जानकारी दिनुभयो ।

       अभियान अन्तरगत वडाको पायक पर्नेस्थानमा आवश्यकता अनसार १ भन्दा बढी स्थानमा वडावासीसँग खुल्ला छलफल राखी तीनवटै तहका सरकारसँग जनताका अपेक्षा, सुझाव र गुनासा सन्नुका साथै पार्टीका बारेमा जनाताक सुझाव लिइनेछ । वडा स्थित नागरिक समाज, शिक्षक, प्रधानाध्यापक लगायत आमा समूह, युवा क्लव, कृषक समूह, स्वास्थ्य समिति, व्यवसायि समूहसँग छलफल गर्न सकिने नेपाली कांगे्रसले जनाएको छ । कार्यक्रममा केन्द्रीय सदस्य बास्तोलाले तीनवटै तहका जनप्रतिनिधिबारे जनताको अपेक्षा, सुझाव र गुनासा लिनको लागि कागें्रसले अभियान चलाएको बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्