वागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्रि तीर्थ लामाले सबै धर्म, संस्कृति र संस्कारलाई प्रोत्साहन गरि समुन्नत समाज निर्माण गर्नुपर्ने बताउनुभएको छ । २८६० औं डुग सोनाम ल्होछारको उपलक्ष्यमा रोशि–११ मा रहेको डम्फु पार्कमा आयोजित वृहत ल्होछार सांस्कृतिक महोत्सबलाई सोमबार सम्बोधन गर्दै मन्त्रि लामाले प्रदेशको नीति तथा कार्यक्रममा संस्कृती जगेर्नाका लागि उचित बजेट व्यवस्थापन गरिएको बताउनुभयो । आ.व. २०८०÷०८१ मा रोशि गा.पा. भित्र १ अर्व ७५ करोड बजेट वीनियोजन गरिएको हुँदा आवश्यकता अनुसारको विकास निर्माणले तिक्तता पाउने उल्लेख गर्नुभयो । प्रदेश सांसद रत्न ढकालले सबै धर्म, संस्कृती, परम्पराको सम्मान गर्नुपर्ने भन्दै सबै जातजाती, धर्मावलम्बिहरु एउटै समुदायमा मिलेर बस्नु नै नेपालीको सुन्दरता रहेको बताउनुभयो । रोशि गा.पा. अध्यक्ष दिनेश लामाले ल्होछार पर्वले सबैको सुख, समृद्धि ल्याउने विश्वाशका साथ शुभकामना दिदै ल्होछार पर्वको अवसरमा गा.पा. भित्र ३ दिन सार्वजनिक विदा दिइने जानकारी दिनुभयो । जिल्ला समन्वय उपप्रमुख रिम बहादुर तामाङ, रोशि गा.पा. उपप्रमुख मिमबहादुर वाइवा, नाङ्साल एसोसिएसनका अध्यक्ष शंखवुद्ध लामा, सामुदायिक विद्यालय व्यवस्थापन सहित महासंघ नेपालका अध्यक्ष गुणराज मोक्तान, वरिष्ठ कलाकार युवराज लामा, तामाङ घेदुङ्ग संघ काभ्रेका अध्यक्ष राजकुमार तामाङ लगायतले ल्होछार पर्वको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो । रोशि गाउँपालिका वडा नं. ११ को आयोजना एवं टाशी चुक्ता खाङ गुम्वा अध्ययन केन्द्रको समन्वयमा भएको कार्यक्रम वडा नं. ११ का अध्यक्ष लालकुमार पाख्रिनको सभापतित्वमा सम्पन्न भएको थियो । रोशि गा.पा. का प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको दोस्रो सत्रमा ख्यातिप्राप्त चर्चित गायक–गायिकाहरुले विविध सांस्कृतिक कार्यक्रम मार्पmत मनोरञ्जन प्रदान गरेका थिए भने लामा रेन्पोछे (गुरु) हरुले धार्मिक परम्परा अनुसार वाङ, मोलम (आशिर्वचन) लगायत ल्होछारको सम्पूर्ण पूजाविधि सम्पन्न गर्नुभएको थियो ।
