जापानमा अध्ययन गर्न चाहने बिद्यार्थीहरुलाई सेवा दिने उदेश्यले बनेपा ग्लोबल स्टडि कन्सल्टेन्सीको शुभारम्भ भएको छ । शुक्रबार एक कार्यक्रमका बिच कन्सल्टेन्सीको शुभारम्भ गर्दै प्रबन्ध निर्देशक राजाराम चालिसेले जापान अध्ययन गर्न चाहने विद्यार्थीहरु भाषा सिक्न तथा प्रोसेसीङका लागि काठमान्डौ सम्म जानुपर्ने बाध्यता हटाउने आफ्नो चाहना रहेको जानकारी दिनुभयो । जापानीज भाषाको सबै तहका कक्षा लिइने ,उत्कृष्ट प्रोसेसीङ गर्ने र जापान गए पश्चात् समेत सहजीकरण गर्ने बताइएको छ । करीब २ दशक देखि काठमान्डौको पुतलीसडकमा कन्सल्टेन्सि सन्चालन गरेको अनुभवलाई आफुले बनेपामा प्रयोग गर्ने प्रबन्ध निर्देशक चालिसेले प्रतिबद्धता जनाउनुभयो ।
