IMG-LOGO

चालक तथा सहचालकको स्वास्थ्य परीक्षण

 मंगल, माघ १६, २०८०  ---

     बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभे्रको आयोजना र कम्युनिटी वेलनेश सेन्टर बनेपाको प्राविधिक सहयोगमा चालक एवं सहचालकहरुलाई स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

     सवारी दुर्घटना न्यूनिकरणका लागि सडकमै चालक र सहचालकहरुको स्वास्थ्य परीक्षण गरेको ट्राफिक प्रमुख जनार्दन घिमिरेले बताउनुभयो । दुर्घटना न्यूनिकरणको लागि अरनिको राजमार्ग हुँदै सञ्चालन भएका सवारी साधनहरुका चालक र सहचालकहरुको सुगर, पे्रसर जाँच गरिएको थियो । चालक र सहचालकको स्वास्थ्य ठिक भएमा मात्रै गन्तव्यमा पुग्न सकिने र सहि ढगंले सवारी हाँक्न सकिने भएकाले उनीहरुको स्वास्थ्य परीक्षण गरिएको घिमिरेको तर्क छ ।

     परीक्षणमा ७४ जनाले निःशुल्क स्वास्थ्य परिक्षण सेवा लिई लाभाम्भित भएका थिए । ट्राफिक कार्यालयले समय समयमा सचेतना तथा  दुर्घटना न्यूनिकरण कार्यक्रमहरु गर्दै आएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्