श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि पनौती ९ ले आइतबार सरसफाई अभियान सञ्चालन गरेको छ । ऐतिहासिक मठमन्दिर रहेको क्षेत्र इन्दे्रश्वर मन्दिर वरपर सरसफाइ गरेको संस्थाका सामाजिक तथा संस्कार उपसमितिका संयोजक हिरालाल आचार्यले बताउनुभयो । संस्थाका सल्लाहाकार समिति, उपसमिति र कर्मचारीहरुको सहभागीतामा सरसफाई कार्यक्रम सम्पन्न भएको कुरा स्थानीय विकु नारायण ताम्राकारले जानकारी दिनुभयो । ३२ जनाको सहभागिता रहेको कार्यक्रमको संस्थाका अध्यक्ष इन्द्रप्रसाद हुमागाइले गर्नुभएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक तिमल्सिनाले संस्थाले सामाजिक क्रियाकलाप रक्तदान जस्ता कार्य नियमित गर्दै आएको बताउनुभयो ।
