IMG-LOGO

अकोराबका पदाधिकारीले गरे पदभार ग्रहण

 मंगल, चैत ३, २०७७  ---


    सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । गत बुधबार भएको निर्वाचनमा निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले आज अकोराबको ललितपुरस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण कार्यक्रममा अकोराबका पूर्व अध्यक्ष तथा योजना आयोगका सदस्य मीन शाहीले सामुदायिक रेडियोको मर्म र भावना अनुसार नीति बनाउन पहल गर्न सुझाव दिनुभयो । नेपालको सामुदायिक रेडियोको अभियान धेरै दुःख गरेर यहाँ सम्म ल्याइपु¥याएको भन्दै उहाँले योजना आयोगको १५ औँ योजना अनुसार पनि बहस तथा पैरवी गर्न आग्रह गर्नुभयो ।अकोराबका अर्का पूर्व अध्यक्ष मोहन चापागाईँले अकोराबले सधैभरि सामुदायिक रेडियोको हकहितको लागि लडिरहेको स्मरण गर्दै अब पनि समावेशी र सहभागितामूलक चरित्रलाई नभूल्न आग्रह गर्नुभयो ।
    कार्यक्रममा अध्यक्ष गिरिले देशभरका सामुदायिक रेडियोलाई अझैँ प्रभावकारी बनाउनको लागि सम्भव भएका सबै प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रेडियो अभियानका क्रममा देखिएका केही असन्तुष्टिलाई सम्वोधन गर्दै सबैलाई समेटेर अगाडि जाने पनि उहाँले उल्लेख गर्नुभयो । पदभार ग्रहणपछि कार्यसमितिको पहिलो बैठक पनि आजै बसेको छ ।अध्यक्ष अर्जुन गिरि, महासचिव किशोरजङ्ग थापा, कोषाध्यक्ष सरोज पौडेल लगायत पदाधिकारीले पदभार ग्रहण गर्नुभएको हो । अकोराबको हिजो सकिएको सातौँ अधिवेशनले गिरिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।
    अध्यक्ष पदका लागि मात्र भएको मतदानमा कुल खसेको १ सय ७९ मध्ये गिरीले १ सय ६३ मत पाउनुभयो भने अध्यक्षका अर्का उम्मेदवार कपिलदेव खनालले १३ मत ल्याउनु भएको थियो । ३ मत भने बदर भएको थियो । अरु सबै पदमा सर्वसम्मत चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी, मधेश उपाध्यक्षमा निमेष कर्ण, जनजाति उपाध्यक्षमा मिलन गाहा, महिला उपाध्यक्षमा बन्दना दनुवार र दलित उपाध्यक्षमा भुवन सिंह चयन हुनुभएको छ ।महासचिवमा किशोरजङ्ग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन हुनुभएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता डा. रामहरि त्रिपाठीले जानकारी दिनुभयो । खुल्ला केन्द्रीय सदस्यमा कृष्णहरि घिमिरे, नवीनराज पौडेल, ध्रुबराज ढकाल, रोशनमान श्रेष्ठ र शुक्रराज भण्डारी चयन हुनुभएको छ ।
    महिला केन्द्रीय सदस्यमा कमला कँडेल, गीता न्यौपाने र दिपु पोखरेल (खेमकुमारी) चयन हुनुभएको छ । मधेसी केन्द्रीय सदस्यमा नवीननरसिंह नेपाली र अजयकुमार यादव, जनजाति केन्द्रीय सदस्यमा कृष्णकुमार एस्माली र पुष्पा चौधरी, दलित सदस्यमा हेमन्तबहादुर विश्वकर्मा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।प्रदेश केन्द्रीय सदस्यमा प्रदेश १ बाट टेकबहादुर खड्का, प्रदेश २ बाट जिवछ चौधरी, बागमतीबाट भक्तबहादुर स्याङ्तान, गण्डकीबाट रामनारायण सुवेदी, लुम्बिनीबाट संगीत बस्याल, कर्णालीबाट बालकुमार शर्मा र सुदूरपश्चिम प्रदेशबाट केशवदत्त भट्ट चयन हुनुभएको छ ।

लेखा समिति संयोजकमा भूमिराज चापागाईँ र सदस्यमा रामभरो
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्