बनेपा, स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । संस्थाका अध्यक्ष कृष्णलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी व्यवसायी, उत्कृष्ट एसईइई शैक्षिक पुरस्कार, वितरण गरिएको थियो । संस्थाका अध्यक्ष कृष्णलाल श्रेष्ठले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउनुभयो । अहिले सहकारी क्षेत्रमा केहि सहकारीले गर्दा नराम्रो सन्देश फैलिए पनि उक्त सहकारीको कारोबार सन्तोषजनक रहेको बताउनुभयो । संस्थाको पुष मसान्तसम्मको कारोबार २ करोड २३ लाख १३ हजार, कुल बचत १६ करोड ४६ लाख ६४ हजार, ऋण लगानी १४ करोड ९३ लाख १४ हजार, जगेडा कोष ९५ लाख ८६ हजार रहेको जनाएको थियो ।
