३० वर्ष पहिले समुदायमा आधारित रहेर संचालित सहकारी संस्थाको रुपमा स्थापित सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि पनौतीको ३० औं स्थापना दिवस आइतबार सम्पन्न भएको छ । ५८ हजार ८ सय ५५ सेयर सदस्य रहेको संस्थाको शेयर पूँजी ४७ करोड ४४ लाख ५२ हजार ४ सय रहेको छ । ४ अर्ब २९ करोड ६९ लाख १६ हजार ६ सय ९० बचत संकलन गरी ४ अर्ब ४२ करोड ६४ लाख माघ सम्म लगानीमा ऋण रहेको छ । ६ अर्ब ९ करोड ९६ लाख ७८ हजार २ सय ३ वासलात रहेको संस्थाले जनाएको छ । १ सय ४० जना कर्मचारीहरुलाई सहकारीले रोजगारी दिन सकेको छ । ४१ जना शेयर सदस्यबाट सञ्चालित सहकारी हाल ६ वटा जिल्लामा कार्यक्षेत्रमा वित्तीय कारोबार गरेर देशकै नमूना सहकारी निर्माणको थालनी गरी पुरस्कृत समेत भएको छ । साना ठूला गरी १७ वटा सहकारीहरु सम्मिलित गरी सहकारीहरुलाई एकिकरण गरी व्यवस्थित र मर्यादित सहकारी सञ्चालन गरी शेयर सदस्यहरुको आर्थिक, सामाजिक रुपान्तरण र साँँस्कृतिक आवश्यतालाई परिपूर्ति गरेर शेयर सदस्यहरुको आर्थिक सम्वृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउन पर्ने कुरा संस्थाका अध्यक्ष प्रकास बञ्जाराले बताउनुभयो । सामुदायिक साकोसको ३०औं स्थापना दिवसको उद्घाटन बागमती प्रदेशका संस्कृत, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले गर्नुभयो । प्रमुख अतिथी सहकारी मन्त्री महर्जनले सहकारी संस्थाहरुमा निक्कै वेथिति झाँगिदै गएको उल्लेख गर्दै सहकारी सञ्चालकहरुले वित्तिय अनुसासन पालना नगरेर भएको बताउनुभयो । अतिथी महर्जनले वेथितिमा सञ्चालन भएका सहकारी संस्थाहरुको परिस्थितिलाई नियालेर गलत गर्नेलाई कानुनी कठाघरमा उभ्याउने बताउनुभयो । संस्थाका वरिष्ठ उपाध्यक्ष सूर्यकुमार मानन्धरले सवागत मन्त्यव्य दिनुभएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको वित्तीय यथार्थको बारेमा प्रकास पार्नुभयो । सामुदायिक स्मार्ट बैकिङ, सामुदायिक नि ःशुल्क भूक्तानि सेवा, सामुदायिक डेविट कार्ड, सदस्य र्मत्यु राहत, पशु विमा, सदस्यहरुको स्वास्थ्य परिक्षण र औषधिमा छुटको प्रबन्ध गरेको छ । सवल र सुरक्षित संस्था निमार्णमा प्रतिवद्ध रहि संस्थालाई अघि बढाउने उद्देश्यका साथ सञ्चालक टिम शसक्त भई लागि परेको कुरा संस्थाका संस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठले बताउनुभयो । समारोहमा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सहकारी संस्थाहरु स्वनियममा चल्नु पर्ने, वित्तीय अनुशासन र मर्यादामा नरहँदा र सदस्यहरुनै लोभमा फस्दा समस्याको दलदलमा फसेको बताउनुभयो । समारोहमा संस्थाका सल्लाहाकार संस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठ, मुकुन्द प्रसाद दाहाल सल्लाकार र जिल्ला सहकारी संघ काभे्रका अध्यक्ष दिलिप शर्मा समेत सम्मानित हुनुभएको थियो । सचितिर्थ त्रिवेणी धाम गुरुकुलबाट स्वती वाचनबाट कार्यक्रममा स्वागत गरिएको थियो । बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहाकरी संघ काभे्रका अध्यक्ष दिलिप शर्मा, जिल्ला बचत संघ काभे्रका अध्यक्ष उदयराम कायष्ठ, संस्थाका सल्लाहाकार राजकुमार हुमागाई, पनौती नगरपालिका उप प्रमुख गिता बञ्जारा, सहकारी रजिष्ट्रार इन्द्र प्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
