पनौती, भालेश्वर माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ एक समारोहको बिच गठन भयो । सोह कार्यक्रममा पनौती नगरपालिका वडा नं ८ का वडा अध्यक्ष वेदप्रसाद बञ्जारा, तेजगंगा क्याम्पसका प्रमुख डा. अम्बुभवानी कार्की , सल्लाहकार, शिक्षासेवी, चन्द्रबहादुर खड्का, विश्वेश्वर बञ्जारा , शिक्षक अभिभावक संघका अध्यक्ष रविन्द्र बञ्जारा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सभापतित्व विव्यसका अध्यक्ष राजेन्द्र केसीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सहायक प्रअ हरिप्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।
सोहि अभिभावकाको मेलाले पुन ः अध्यक्षमा राजेन्द्र केसी र सदस्यहरु चन्द्रकला थापा, शान्ता तिमल्सिना, जीवन खत्री, जनक श्रेष्ठ, पदेन सदस्य वेदप्रसाद बञ्जारा, चन्दादाता गिता दाहाल, शिक्षक प्रतिनिधि रेशम बहादुर खड्का, र सदस्य सचिवमा प्रअ रामचन्द्र थापा रहनुभएको छ भने शिक्षक अभिभावक संघतर्फ अध्यक्ष सन्तोष केसी र सदस्यहरु भरतप्रसाद दाहाल, मिरा देवी, रुपक केसी, शैलेश खत्री, कामन तामाङ, कृष्णप्रसाद बञ्जारा, शारदा घिमिरे र शिक्षक प्रतिनिधिमा लक्ष्मी थापा रहनुभएको समिति निर्विरोध निर्वाचित हुनुभएको थियो ।
