कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ काभे्र शाखाले सदस्य भेटघाट तथा वनभोज कार्यक्रम शनिबार देवीस्थानमा प्राङ्गणमा सम्पन्न गरेको छ । अंकल सास र्फामहाउसमा आयोजित कार्यक्रममा क्यान काभे्रमा आवद्ध रहेका ५३ जना सदस्यहरुको सहभागिता रहेको थियो । क्यान काभे्रका अध्यक्ष रामचन्द्र न्यौपानेले विश्व ग्लोवलाइजेसनमा सूचना र प्रविधिको युगले सबैलाई नजिक बनाएको यसको प्रयोग बिना मानव जीवन सञ्चालन नै हुन नसक्ने परिस्थिति बनेकाले सहि उपयोग गरी प्रविधिको विकासलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा क्यान महासंघ केन्द्रीय सचिव शेखरनाथ दुलाल, बागमती प्रदेश कोषध्यक्ष विकास पन्त लगाएतको आतिथ्यता रहेको थियो । क्यान काभे्र जिल्ला शाखामा हाल १ सय ५० जना सदस्य आवद्ध रहेको कुरा कोषाध्यक्ष राजकुमार तिमल्सिनाले बताउनुभयो ।
