IMG-LOGO

काठमाण्डौ विश्वविद्यालयको २६ औँ दीक्षान्त

 मंगल, चैत ३, २०७७  ---

काठमाण्डौ विश्वविद्यालय धुलिखेलले स्कूल अफ इन्जिनियरिङ्ग तथा स्कूल अफ साइन्सको २६ औँ दिक्षान्त प्रमाण पत्र वितरण समारोह बुधबार सम्पन्न भयो । स्कूल अफ इन्जिनियरिङ्गका डीन डा. डम्बर बहादुर नेपालीले स्वागत मन्तव्य राख्नु भएको समारोहमा स्कूल अफ साइन्सका डीन प्रा.डा. कन्हैया झाले सफलता हाँसिल गरेका दीक्षीत विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । इन्जिनियरिङ्गबाट स्नातकोत्तर (एम.इ÷एम.टेक÷एम.एस्.वाई रिसर्च) तथा स्नातक (वि.इ) उपाधि प्राप्त गर्ने विद्यार्थीहरुको प्रस्तुतीकरणको निमित्त रजिष्टार समक्ष पेश गरिएको थियो । काठमाण्डौँ विश्वविद्यालय ऐन २०४८ को दफा ५ ‘ग’ प्रयोजनका लागि, विश्वविद्यालयको उपाधि सम्बन्धी नियम २०५१ को नियम २.१ (ख) मा व्यवस्था भएको उपाधि प्राज्ञिक  परिषदले तोके बमोजीम सम्बन्धीत तहको परिक्षका आवश्यक शर्तहरु पुरा गरी २०७७ फागुन ५ गते सम्ममा काठमाण्डौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ्गबाट स्नाकोत्तर (एम.ई, एम टेक), एम.एस (वाइरिसर्च) तथा स्नातक (वि.ई) उत्तीर्ण भइ योग्य ठहरिएका काठमाण्डौँ विश्व विद्यालयका स्कूल अफ साइन्सका सफलता हासिल गरेको विद्यार्थीहरुलाई विद्यालयको  ८८ औँ सभाबाट अनुमति प्राप्त भएकाहरुलाई आ–आफ्नो ओहोदाका प्रमाण पत्र  प्रदान गरिएको हो । स्कूल अफ इन्जिनियरिङ्गका ३४७ र स्कूल अफ साइन्सका १ सय ९६ गरी ५ सय ४३ विद्यार्थीहरु दीक्षीत भएको कुरा प्रशासकीय अधिकृत सि.एन. खडगले बताए । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्