IMG-LOGO

पनौतीमा गठन भयो विपी विचार समाज

 मंगल, सावन १३, २०७७  --

काभ्रे जिल्लामा बीपि बिचार समाज गठन भएको छ । नेपाली काग्रेसका नेता प्रल्लाद केसीको नेतृत्वमा विपी विचार समाज गठन भएको छ । उक्त समाजले मंगलबार पानैतीमा ३८ औ बीपि स्मृति दिवसको अवसरमा कार्यलय उद्घाटन गरेको थियो । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सञ्चार तथा सुचना प्रविधिमन्त्री डा. मिनेन्द्र रिजालले उक्त कार्यलय उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटन अगाडि पनौती नगरपालिका वडा नं. ६ गोरखनाथ बृक्षरोपण गरिएको थियो । वृक्षरोपण पश्चात श्रीराम पार्टी प्यालेसमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा नेपाली काग्रेसका नेता रिजालले बीपीको विचारलाइ अन्य पार्टीले अपव्याख्या गरेको भन्दै काग्रेसले बाहेक अन्यले बीपी विचार बुझाउन नसक्ने बताउनुभएको थियो । त्यसैगरी नेपाली काग्रेस बनेपा नगर समितीको आयोजनामा ३८ औ बीपि स्मृति दिवसको अवसर पारेर बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा कुल ७१ जना रक्तदाताहरुले रक्तदान गरेको नगर सभापति राम जोशीले जानकारी दिनुभयो 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्