IMG-LOGO

सिंचाई मन्त्री लामाद्वारा एकैदिन ३ आयोजनाको शिलान्यास

 मंगल, माघ १६, २०८०  – हरिनाथ न्यौपाने

 

    बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइमन्त्री तिर्थ लामाले शिक्षा स्वास्थ्य क्षेत्रमा विभेद कायमै रहेकोले यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । तेमाल गाउँपालिका ६, काभ्रेमा रहेको पञ्चकन्या मा.वि. प्राङ्गणमा आयोजित ठूलो पँधेरो ढुङ्गेधारा खानेपानी आयोजना शिलान्यास एवं विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सोमबार सम्वोधन गर्दै प्रदेशमन्त्री लामाले प्रजातन्त्रमा समान अवसरको पहुँच आम नागरिकमा हुनुपर्ने धारणा राख्नुभयो । तेमालको समग्र विकासका लागि आफु अहोरात्र खटिरहेको भन्दै मन्त्रि लामाले अशिक्षा, वेरोजगारीलाई निर्मुल बनाउने दायित्वबोध भएको उल्लेख गर्नुभयो । तेमाल गा.पा. भित्र यस आ.व. मा मात्रै ७ वटा खानेपानी र २ वटा सिचाईको आयोजना आफुले ल्याउन सफल भएको उहाँको भनाई छ । ठूलो पँधेरो ढुङ्गेधारा आयोजनाका लागि २० लाख रुपैया बजेट छुट्याइएको र अपुग रकमका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । कार्यक्रममा तेमाल गा.पा. अध्यक्ष चन्द्र व. तामाङ, उपाध्यक्ष दलमान थोकर पूर्व अध्यक्ष सलाम सिं लामा, पूर्व उपाध्यक्ष दुर्गामाया तामाङ, शान्ति जनआदर्श संस्थाका अध्यक्ष शङ्खवुद्ध लामा, प्रदेश उर्गमन्त्रीका स्वकिय सचिव राम योञ्जन, युवा नेता प्रेम तामाङ, गा.पा. प्रवक्ता इन्द्रलाल लामाङ, तेमाल गा.पा. वडा नं. ६ का अध्यक्ष प्रेम व. तामाङ, वडा नं. ३ अध्यक्ष विष्णु व. तामाङ लगायतको उपस्थिति रहेको थियो । पञ्चकन्या मा.वि. व्यवस्थापन समितिका अध्यक्ष विकुलाल तामाङको सभापतित्वमा सम्पन्न भएको उक्त कर्यक्रममा कान्छिमाया तामाङ फाउण्डेसनका अध्यक्ष डा. दिलबहदुर तामाङ, सोसाइटी फर एजुकेशन नेपालका अध्यक्ष स्मीता तामाङ र सालमा ९ज्च्० गु्रपका प्रवन्ध निर्देशक रामध्वज तामाङ, समाजसेवी रमेश तामाङले व्यवस्थापन गर्नुभएको पोशाक, स्टेशनरी सामाग्री विद्यार्थीहरुलाई हस्तान्तरण समेत गरिएको थियो ।

     यसैबिच प्रदेश मन्त्री तिर्थ लामाले तेमाल–५ काभ्रेको पोखरी नारायणस्थानमा छोइतेन नाम्सुम छोइलिङ गुम्बाको शिलान्यास गर्नुभयो । धार्मिक पर्यटकिय क्षेत्र नारायणस्थानको बिकास र आमनागरिकको  सर्वाङ्गीण बिकासमा आफ्नो ध्यान सदैव रहिरहने उहाँको प्रतिवद्धता छ । उक्त गुम्बाको लागि २५लाख रुपैयाँ बजेट बिनियोजन भएको र आवश्यक पर्ने अरु बजेटका लागि समेत काम गर्ने बताउनु भयो । त्यसैगरि सिंगटी लिप्ट खनेपानी आयोजनाको समेत मन्त्री लामाले शिलान्यास गर्नुभयो । खानेपानीको समस्या  भोगिरहेका तेमालबासीहरुलाई थप राहत दिने उद्देश्यले एक घर एक धारा अन्तर्गत उक्त लिफ्टीङको शिलान्यास गरिएको हो । ५० लाख बजेट बिनियोजन गरिएकोमा उक्त लिप्mटीङ आयोजना आगामी जेष्ठ भित्र सम्पन्न गरिसक्ने योजना रहेको छ । हिजो नै मन्त्री लामाले तेमाल–२ मा आगलागी पीडितहरुलाई सहयोग स्वरुप जस्तापाता हस्तान्तरण गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्