IMG-LOGO

प्रथम संशोधन  सहित धुलिखेल नगरको अधिवेशन सम्पन्न

 मंगल, माघ १६, २०८०  ---

 

          धुलिखेल नगरपालिकाको नगर सभाको चौधौं अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख असोक ब्यान्जुको सभा अध्यक्षतामा आर्थिक वर्ष २०८०÷८१ को विधेयक अधिवेशन नगरपालिकाको सभाहलमा शुरु भएको हो । धुलखेल नगरपालिकाको अर्ध वार्षिक प्रगति समिक्षा प्रतिवेदन उपप्रमुख निराजन जंगमले प्रस्तुत गर्नुभयो । त्यसै गरी नगरपालिकाको संस्था दर्ता सम्बन्धी ऐन, २०७५ प्रथम संशोधनका लागि बनेको विधेयक २०८० पेश, संशोधन छलफल तथा निर्णय वडा अध्यक्ष विनोद गौतमले प्रस्तुत गर्नुभयो । वडा अध्यक्ष अर्जुन न्यौपानेले प्रस्तुत गरेको धुलिखेल नगरपालिकाको भवनमा उर्जा प्रभावकारिता कायम गर्ने सम्बन्धी मापदण्ड २०८० विधेयक पेश, छलफल र निर्णय भएको छ । नगरपालिकाको भवन निर्माण मापदण्ड २०८० विधेयक पेश, छलफल र निर्णय भएको छ । नगरपालिकाको वित्तिय साक्षरता रणनीति २०८०÷२०८५ विधेयक पेश छलफल र निर्णय सम्बन्धी वडा अध्यक्ष नारायण प्रसाद वडालले प्रस्तुत गर्नु भएको थियो । नगर अधिवेशन सुरु भएकै दिन एकै दिनमा सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले बताउनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्