IMG-LOGO

केटीहरू बुलेटिन विमोचन

 मंगल, माघ ९, २०८०  ---

 

      नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको मुखपत्र ‘‘केटीहरू’’ बुलेटिन अङ्क १६ पनौती काभ्रेमा विमोचन भएको छ । पुस्तक विमोचन गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले नेताहरूले बिगारे भनेर मात्र नहुने देशको अहितमा लाग्ने नेताहरूलाई खबरदारी गर्नुपर्छ भन्नुभयो । नेता कार्यकर्ता आँखाको नानी हुन् तसर्थ देश र जनताको हितमा लाग्ने पार्टी र नेताको पहिचान गरेर साथ र सहयोग गरेमा मात्र आप्mनो दायित्व पुरा हुने उहाँले बताउनुभयो ।

      नेमकिपाका केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले बलात्कारी, चेलीबेटी बेचविखन गर्ने मानव तस्कर, छाउपडी, बोक्सीको आरोप र दाइजोको निहुँमा महिला हिंसाका गम्भीर अपराधीलाई मृत्यु दण्डको सजायसमेत हुनपर्नेमा नेपाल मजदुर किसान पार्टीले जोड दिइरहेको बताउनुभयो । नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा भएको कार्यक्रममा सुरेश परियार, सूर्यप्रसाद लाकोजू, पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी, सुलोचना छ्वाजू लगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्