शिर मेमोरियल अस्पतालमा क्यान्सर सेवा विस्तारशिर मेमोरियल एडभेन्टिष्ट अस्पताल बनेपा र नेपाल अर्बुध रोग निवारण संस्था काभ्रे बीच दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरस र नेपाल अर्बुध रोग निवारण संस्था काभ्रेका अध्यक्ष नेपाल सुधार भैलले एक कार्यक्रमका बीच अस्पतालमा शुरु भएको क्यान्सर रोगको उपचार सेवालाई अझै प्रभावकारी बनाउन दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरिएको बताइएको छ । अस्पतालले नेपाल अर्बुध रोग निवारण संस्थाको भौतिक संरचना प्रयोग गर्ने, आवश्यक उपकरणका लागि दुबै पक्षले समन्वय गर्ने नेपाल अर्बुध रोग निवारण संस्थाको भवनलाई पनि क्यान्सर केयरका रुपमा विकसित गर्दै लैजाने सहमति भएको उल्लेख छ । कार्यक्रममा अस्पतालका मेडिकल डाईरेक्टर एन्जिला बस्नेत ,क्यान्सर केयर सेन्टरका प्रमुख डा.पुन्य खर्बुजा, डा. धुर्ब कँडेललगायतको उपस्थिति रहेको थियो ।
