IMG-LOGO

गढी, कोट, किल्ला संरक्षण र पर्यटन प्रर्वधानका लागि पदमार्ग

 मंगल, चैत ३, २०७७  हरिनाथ न्यौपाने

    नेपाल एकीकरणको समयमा  प्रयोग भएका बाटोलाई पहिचान गर्ने उद्देश्यले नेपाली सेनाले एकीकरण पदमार्ग पदयात्रा शनिवार सम्पन्न गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्नुभएको पदयात्रा कालिजंग गण धुलिखेलबाट सुरुभई पनौतीमा गएर समापन भएको थियो । नेपाल एकीकरणका दौरान काभ्रेपलाञ्चोकमा रहेको गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोलाई प्रवद्र्धन गरी ‘ट्रेकिङ ट्रेल’का रूपमा विकसित गर्ने योजनाका साथ सबैभन्दा कम दुरीको (१० कि.मी.) पदयात्रा गरिएको हो । कालिजंग गण धुलिखेलबाट सुरु भएको पदयात्रा देवीस्थान (काभ्रे–कोट) हुँदै शारदाबतासे, चौकोटबाट ऐतिहासिक नगरी पनौतीमा रहेको इन्द्रश्वर महादेव मन्दिरमा समापन गरिएको थियोे । सो समयमा प्रधानसेनापति थापा र धुुलिखेल नगरप्रमुख अशोक व्याञ्जुले देवीस्थानमा संयुत्त रुपमा पृथ्वी नारायण शाहको पूर्ण कदको शालिक अनावरण गर्नुभयो । कालीजंग गणका गणपति प्रमुख सेनानी मिलन थापाका अनुसार तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा विभिन्न अभिलेख अनुसार सेनाद्वारा पहिचान गरिएका अन्य पदमार्गमा १८०३ मा नगरकोट कब्जा गरेपश्चात १८१६ मा नगरकोट–अनेकोट–लामीडाँडा हुँदै पलाञ्चोक कब्जा गर्न प्रयोग भएका बाटो, १८१८ मा पलाञ्चोक विजयपश्चात भमरकोट–काभ्रेकोटसमेत विजय गरी त्यही असार ३० गते चौकोटमाथि हमला गर्दा प्रयोग भएको बाटो, चौकोट विजयपश्चात फस्कोट–फुलबारीकोट–बुच्चाकोट–मेथिनकोट कब्जा गरी १८१९ असोज २ गते तेमालकोट कब्जा गर्न प्रयोग गरिएको बाटो रहेका छन् । तेमालकोट विजयपश्चात १८२० कात्तिक १० गते धुवाँकोट–दाप्चा–नमोबुद्ध–फस्कोट हुँदै पुनः चौकोट विजय र सोही दिन कोटखेल हुँदै धुलिखेल विजय गर्दा प्रयोग भएको बाटो र धुलिखेलबाट गोसाइँस्थान–नालाकोट–साँगा हुँदै बनेपा र पनौतीबाट नागीडाँडा–साँगा हुँदै बनेपा आउन प्रयोग गरिएका बाटो रहेका छन् । ‘ट्रेकिङ ट्रेल’ बनिसकेपछि ऐतिहासिक एवं कला, संस्कृति झल्काउने ठाउँलाई चिनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । पदयात्राको क्रममा ब्रिफिङ स्टल, मेडिकल, खानेपानीको सुविधा प्रदान गरिएको थियो । स्थानीय तहहरुको संयोजनमा गरिएको पदयात्रामा आफ्नो क्षेत्रको मौलिक कला तथा संस्कृति झल्कने झाँकीहरु प्रदर्शन गरिएको थियो भने पदयात्रामा नेपाली सेनाका रथिहरु,  जिल्ला समन्वय समिति प्रमुख उद्धव के.सी, धुलिखेल नगरप्रमुख अशोक व्याञ्जु,  पनौती नगरप्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, काठमाण्डौ  विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, होटल÷पर्यटन व्यवसायी, सञ्चारकर्मी एवं विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्