IMG-LOGO

ट्याक्सीले कारलाई ठक्कर दिंदा ११ जना घाइते

 मंगल, माघ ९, २०८०  ---

      धुलिखेल । रोशी गाउँपालिका वडा नं ८ डिप्सा स्थित बिपी राजमार्गमा ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार गत मंगलबार काठमाडौंबाट मंगलटार तर्फ जाँदै गरेको बा.अ.ब. २९२५ नं को कारलाई बिपरित दिशा मंगलटारबाट धुलिखेलतर्फ आउँदैगरेको बा २ ज ३९४३ नं. को ट्याक्सीले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकाहरुको मेथिनकोट अस्पताल भकुण्डे र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

      दुर्घटनामा घाइते हुनेहरुमा महोत्तरी जिल्ला बर्दिबास नापा १ बस्ने बर्ष ४१ को कार चालक मदनबहादुर तामाङ, सो कारमा सवार काठमाडौं सुकेधारा बस्ने बर्ष ३७ कि सर्मिला तामाङ र निजकै छोरा बर्ष १२ को निकेश तामाङ, निजकै छोरी बर्ष ६ कि एन्जल तामाङ रहेका छन् । यस्तै ट्याक्सी चालक काभ्रे जिल्ला चौरीदेउराली गा.पा. ५ बस्ने बर्ष ३६ को मनिष तिवारी, बर्ष ३० को लक्ष्मण तिवारी, निजकै छोरा बर्ष ११ को आयुष तिवारी, सोही स्थान बस्ने बर्ष २४ को सुमन गौतम, बर्ष १७ को पवन तिवारी, बर्ष २३ दिपेन्द्र गौतम, बर्ष २२ को सुनिल तिवारी रहेका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्