बनेपा, अजिमा बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १६ औं वार्षिक साधारण सभा जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संस्थाका सचिव सोक सुधार भैलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष इभा श्रेष्ठले आगामी वर्षको प्रस्तावित बजेट र आ.व. ०७९/०८० को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभया । संस्थाको प्रबन्धक शुभद्र श्रेष्ठले प्रगति प्रतिवेदन र भावि कार्ययोजनाका साथै संस्थालाई अग्रगतिमा लग्न, शेयर सदस्यहरुको वृहत्तर आर्थिक हितमा कार्य गर्न संस्था प्रतिवद्द रहेने बताउनु भयो । लेखासुपरीवेक्षण समिति संयोजक पूणर्काजी शाक्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका पूर्व अध्यक्ष हरिभक्त भोछिभोया, संस्थाका सल्लाहकारद्वय बालभक्त प्रधान, बद्धरत्न मानन्धर लगाएतको आतिथ्यता रहेको थियो । उपनिर्वाचनबाट उपाध्यक्षमा गोपालभक्त वैदार र सञ्चालक सदस्यमा कञ्चन नापितलाई उपनिर्वाचनबाट निर्वाचित गरेको छ । १ हजार ९४ शेयर सदस्यबाट १ करोड ४७ लाख ३० हजार ४०० शेयर पूजी संकलन, १७ करोड ८ लाख १८ हजार ५ सय १४ रुपैया रहेको संस्थाको कुल आम्दानी १ करोड ११ लाख ५ सय २२, कुल खर्च तर्पm २ करोड ४ लाख ४७ हजार १ सय ३२ भएको संस्थाले जनाएको छ । आ.व. ०७९/०८० मा ९३ लाख ४६ हजार ६ सय ९ संस्था नोक्सानीमा रहेको छ । आ.व. ०८०/०८१ को ६ महिनाको अन्तरालमा ३८ लाख १ हजार १ सय १ नाफा कमाउन सफल भएको कुरा संस्थाका सचिव सोकसुधार भैलले बताउनु भयो ।
