काठमाडौं । नेपाल अटो मोबाइल रिकन्डीसन व्यवसायी संघको अध्यक्षमा श्याममणि आचार्य चयन भएका छन् । शनिबार बसेको नेपाल अटो मोबाइल रिकन्डीसन व्यवसायी संघको साधारण सभा तथा नवौ अधिवेशनले श्याममणि आचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । काभ्रे टाइम्स सङ्गको कुराकानिमा आचार्यले अटो मोबाइल रिकन्डीसन व्यवसायीको हकहितमा कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । अधिवेशनले संघको उपाध्यक्षमा सुरज प्रजापति, महा सचिवमा कृष्ण चौलागाई, सचिवमा विजय थापा, कोषाध्यक्षमा शुभराज विमली र सह कोषाध्यक्षमा गोपाल फु्याल चयन गरेको छ । त्यस्तै, सदस्यहरूमा शिवराम श्रेष्ठ, रामहरि गौतम, आदर्श क्षेत्री, निकेश थापा, महेश जोशी, रेजिन कोजु, उज्वल बानिया, अमर पोदार, प्रदिप ढकाल, कृष्ण हरि गौतम र प्रमुख सल्लाहकारमा वि. एन. पाठक चयन भएका छन् ।
