IMG-LOGO

धुलिखेल वडा नं. १० सारदा वतासेमा एक घर एक धारा

 मंगल, माघ ९, २०८०  ---

 

      धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर १० शारदा बतासेका ३ सय घर धुरीमा एक घर एक धारा कार्यक्रम अन्र्तगतको धारा जडान गरी पानी उपयोगमा ल्याईएको छ । १ सय ७५ घर धुरीमा एक घर एक धारा जडान गरिएको हो । नगर प्रमुख अशोक ब्याञ्जुले बुधबार एक कार्यक्रम विच एक घर एक धाराको उद्घाटनमा गर्नुुभएको हो । नगर प्रमुख ब्याञ्जुले सबै वडाबासीहरुलाई गुणस्तरीय पानी घर घर उपलब्ध गराउने अभियानमा नगरपालिका निरन्तर लागेको बातउनु भयो । धुलिखेल १ देविटारको छाँगे र धुलिखेल ११ धितालटोल धुलिखेल-८ बडाल गाउँमा केहि वर्ष अघि देखि नै गुणस्तरीय खानेपानी उपलब्ध गराईदै आएको छ ।

      ३ सय घर धुरीका लागि थप १० हजार लिटरको पानी ट्याङ्की निर्माण भएको छ । डिपबोरिङ्गको माध्यमबाट उक्त खानेपानी विस्तार गरिएको अध्यक्ष गोविन्द शर्मा उपाध्यायले बताउनु भयो । एक घर एक धारा उद्घाटन कार्यक्रमसँगै बालमैत्री पार्कको पनि शिलान्यास गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पहिलो धुलिखेल १० लाई बालमैत्री वडा घोषणा गरिएको थियो । कार्यक्रममा प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख निराजन जंगम, वडा अध्यक्षहरु गणेश आचार्य, गोविन्द शर्मा उपाध्याय, नारायण बडाल, वडा सचिव इश्वरप्रसाद सापकोटा, जनप्रतिनिधी तथा कर्मचारीहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्