IMG-LOGO

लोटस इभेन्ट म्यानेजमेन्ट भेन्यू सञ्चालनमा

 मंगल, माघ ९, २०८०  ---

      काभ्रे जिल्लामा सुविधा सम्पन्न इभेन्ट म्यानेजमेन्ट भेन्यू सञ्चालनमा आएको छ । शनिबार पत्रकार भेटघाट गर्दै बनेपा नगरपालिका वडा नं ७ मा रहेको लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा. लि. ले शुलभ मूल्यमा सबै खालको गुणस्तरीय सेवा दिने उद्धेश्य रहेको जनाएको छ । संचालक  रामईन्द्र न्यौपानेले इभेन्ट, सभा, सम्मेलन, मेला, गोष्ठी लगायतका कार्यक्रममा एकैपटक २५ सय जनासम्मलाई सेवा दिन सक्ने क्षमतासहित सञ्चालनमा आएको जानकारी दिनुभयो । करिब ९ रोपनी क्षेत्रफलमा फैलिएको भेन्यूमा १० हजार वर्गफीटको सुविधा सम्पन्न हल छ । एकैसाथ १०० वटा कार तथा जीप र २०० वटा मोटरसाईकल पार्किङ्ग क्षमता रहेको कम्पनीले जनाएको छ । खाद्य स्वच्छता (खाना सुरक्षा) का सबै नियम पालना गर्दै गुणस्तरीय खाना तथा पेय पदार्थ (बेभरेज) को सेवा प्रदानका लागि योग्यताप्राप्त सेफ सहितको टीम र सोही अनुसारको भान्साको व्यवस्था रहेको सञ्चालक न्यौपानेले जानकारी  दिनुभयो । विभिन्न जात-जातीका धर्म, संस्कृति आवश्यकता अनुसार निमन्त्रणा कार्ड, भिडियो र स्टिल फोटोग्राफी क्यामेरा, ब्याण्ड-बाजा, पुरोहित (ब्राह्मण, लामा, नेवार, शाक्य), ट्रेड डिजाईन, मेकअप आर्टिस्टको सेवा पनि उपलव्ध हुने कम्पनीले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्