IMG-LOGO

राष्ट्रिय विकास योजना सम्बन्धि कार्यक्रम इन्द्रेश्वर क्याम्पसमा सम्पन्न

 मंगल, माघ ९, २०८०  ---

      इन्द्रेश्वर क्याम्पस पनौतीको आयोजनामा राष्ट्रिय विकास योजना सम्बन्धि कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमको स्रोत व्यक्तिको रुपमा श्री महेशमान सिंहज्यू रहनुभएको थियो । महेशमान सिंहज्यूले विकासको अवधारणा, आवश्यकता, चुनौती, आवश्यक स्रोतसाधन लगायतका विषयहरुमा प्रस्त पार्नुभयो । समाजमा रहेको प्राचिनतम ज्ञानको विकास र त्यसको समयसामक्ष परिपर्वतन गरि स्थानिय आवश्यकता र जनजीविका अनुसारको विकासले मात्र मानिस खुसी र सुखी हुने कुरा गरेर आफ्नो प्रस्तुती गर्नुभयो ।

      क्याम्पस प्रमख श्रीकुमार सुवालले कार्यक्रममाथि प्रकाश पार्दै क्याम्पस विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शैक्षिक, आर्थिक, वातावरण, रोजगारीलगायतका विविध क्षेत्रमा क्याम्पसको संग्लनता हुने गरी कार्यक्रम अयोजना गरीएको जानकारी गराउनु भयो । यस कार्यक्रमले स्थानिय क्षेत्रको विकासको अवधारणा र आवश्यक नीति, योजनाबारे जनाकारी हुने कुरा गर्नु भयो । सविंधान सभाका सभासदस्य एवम् यस क्याम्पसको क्याम्पस सभा सदस्य रामहरी सुवेदीले विकासले स्थानीय जनताको जिवन स्तर उकासिनुपर्ने र स्रहशताब्दी विकास लक्ष्य अनुरुपको स्थानीय जनताको जनजीविका परिवर्तन गर्ने कृषि, पर्यटन र घरेलु उद्योगको विकासले मात्र दिगो विकास हुने आफ्नो धारणा राख्नु भयो ।

       पनौती नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष दिपक प्रसाद दाहालले जनमानसमा विकासको चाहना धेरै भएको तर बजेट र स्रोत साधनको कमिले गर्दा मानिसमा विकास नभएको धारण रहेको बताउनु भयो । जनताको चेतनाको स्तर पनि वढनुपर्ने उहाको धारण थियो । इन्द्रेश्वर क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुयुकाजी ताम्राकारले स्थानीय आवश्यकता अनुसरको दिगो, पर्यावरणमैत्री विकासले मात्र समाजालाई सहि परिर्वतन हुने कुरा गर्नु भयो । कार्यक्रममा पनौती नगरपालिका वडा अध्यक्षहरु, सघंसस्थाका प्रतिनिधि तथा क्याम्पसका विद्यार्थी, शिक्षक, प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्