धनेश्वर/पूर्व युवराज्ञी एवं हिमानी ट्रष्टकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाहलाई धनेश्वरमा भब्य स्वागत गरिएको छ । उपत्यकासँग जोडिएको साँगाबाट बनेपाको धनेश्वरसम्म मोटरसाईकल र्याली सहित हिमानी समर्थक युवाहरुले स्वागत गरेका थिए । धनेश्वर आधारभुत विद्यालयमा ट्रष्टको कार्यक्रम आयोजना गरिएको कार्यक्रम मुल समारोह समितिका संयोजक रोशन श्रेष्ठको संयोजकत्वमा गठित समितिले साँगाबाट धनेश्वरसम्म स्वागतका साथै धनेश्वर आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको थियो । ‘हिमानी ट्रष्ट मार्फत धनेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री उपलब्ध गराईएको कुरा संयोजक रोशन श्रेष्ठले बताए । हिमानी शाह बनेपाको ऐतिहासिक चण्डेश्वरी मन्दिरमा पुजा गरेकी थिइन् ।’
धनेश्वर मन्दिरको दर्शन, धनेश्वर विद्यालयमा शैक्षिक सामाग्री वितरण पछि हिमानी शाह चण्डेश्वरी गएकी हुन् । चण्डेश्वरीको दर्शनसँगै बनेपाका नेपाल सुधार भैल र शोकसुधार भैलको पिता नापिप्रसाद भैल र माता कृष्ण माया भैलको स्मृतिमा नारायणको मुर्तिको निर्माण गरीएको प्रतिमामा हिमानी शाहले उद्धाटन गरेकी थिइन् । उक्त नारायणको मुर्ति निर्माणमा देश सुधार, लोक सुधार, रविन्द्र र भगवान सागर भैलका परिवार समेतको सहयोगमा निर्माण गरीएको बताइएको छ । उक्त कार्यक्रममा चण्डेश्वरी जेष्ठ नागरिक आश्रमका अध्यक्ष उद्धव तिमल्सिना र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य उदय सिं मुस्याजुले मायाको चिनो प्रदान गरेको थिए ।
