मदिराको उत्पादन र विक्री वितरणलाई नियमन व्यवस्थापन गर्न शुत्रबार मण्डनदेउपुर नगरपालिकाले जनप्रतिनिधी, प्रहरी तथा अन्य सरोकारवालाहरुको उपस्थितीमा बैठक सम्पन्न गरी नगरस्तरिय व्यबस्थापन तथा नियमन मुल समिति गठन गरेको छ । उपप्रमुख विष्णुमणी नेपालको अध्यक्षतामा बसेको बैठकले वडा स्तरमा समेत व्यबस्थापन तथा नियमन समिति गठन गरी कार्यान्वयन अघि बढाउने निणर्य समेत गरेको जनाएको छ ।
