IMG-LOGO

पञ्चकन्या आधारभूत विद्यालयको बन्ने भो पक्की भवन

 मंगल, माघ ९, २०८०  ---

 

      धुलिखल नगरपालिका वडा नं. ३ पञ्चकन्या आधारभूत विद्यालयमा ६ कोठाको पक्की भवन निर्माण हुने भएको छ । १ करोड २८ लाख २५ हजार लागतमा भवन बन्ने भएको हो । बुधबार एक कार्यक्रम बीच धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यान्जुले शिलान्याश गर्नु भयो । बागमती प्रदेशको समुरक बजेटबाट र नगरपालिकाको बजेटबाट भवन निर्माण हुन लोगेको सोही वडाका अध्यक्ष गणेश आचार्यले बताउनु भयो । सुनहरी ड्रिरलीङ एण्ड कन्ट्रक्सन प्रा.लि. ९क्गलजभचष् म्चष्ििष्लन बलम ऋयलकतचगअतष्यल एखत। ीतम।० सँग धुलिखेल नगरपालिका बीच २०८० पुष १ गते सम्झौता भएको कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद बडालल जानकारी दिनुभयो । उक्त ६ कोठाको भवनको लागत अनुमान भने १ करोड १९ लाख ९९ हजार ३ सय ४७ रहेको कुरा विद्यालयका प्रधानाध्यापक प्रकाश हुमागाईले बताउनु भयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्