IMG-LOGO

काभ्रे बहुमुखी क्याम्पसको पाँचौं सभा सम्पन्न

 मंगल, माघ ९, २०८०  ---

 

      बनेपा । काभ्रे बहुमखी क्याम्पसको पाचौं क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि आर्थिक योजना मामिला बागमती प्रदेश मन्त्रि बहादुर सिं लामाले क्याम्पस सभाको उद्घाटन गर्नुभयो । विशेष अतिथि प्रदेश सांसद कन्चनचन्द्र बादे, बनेपा नगरप्रमुख शान्ति रत्न शाक्य, संविधान सभा सदस्य शिला कतिला, पुर्व क्याम्पस प्रमुख कमला कायस्थ, चैतन्य क्याम्पसका प्रमुख जुजुभाई मानन्धर, संचालक सदस्य राजाराम धौमडेल, बनेपा वडा नं ६ का अध्यक्ष सचिनानंन्द के.सी., क्याम्पस प्रमुख केजी बैदारले मन्तब्य राख्नु भएको थियो ।

      संचालक समितिका अध्यक्ष लम्बोदर कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्राध्यापक कृष्ण प्यारी नकर्मीले गर्नु भएको थियो । साथै बन्दसत्रले क्याम्पस प्रमुखबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सोहि अवसरमा लेखा परिक्षण प्रतिवेन प्रतिवेदन, वार्षिक कार्यक्रम अनुमानित आय विय विवरण पारित गरेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्