IMG-LOGO

मोटरबाटो खनेको दुई दशकमा खावा, बडालगाउँ कल्छे सडक बल्ल कालोपत्रे हुने भो

 मंगल, माघ ९, २०८०    रमेश प्रसाद न्यौपाने

 

     धुलिखेल-८ बडालगाउँ खावा, बडालगाउँ कल्छे सडक मोटर बाटो खनेको दुई दशकपछि बल्ल कालोपत्रे हुने भएको छ । संघ सरकारबाट ५५ लाख र धुलिखेल नगरपालिका नगर प्रमुख अशोककुमार व्याञ्जुले नगर विकास योजनाबाट ५५ लाख बजेट विनियोजन गरेसँगै १ किमी २ सय मिटर सडक कालोपत्रे बन्ने भएको हो । धुलिखेल नगरपालिका र आरपी कन्ट्रक्सन तथा सप्लायर्स प्रा.लि. चौरीदेउराली गाउँपालिका २ काभ्रे, बीच २०८० मंसिर २० गते सडक कालोपत्रे गर्न सम्झौता भएको छ । १ कराड ८ लाख ७७ हजार ६ सय ११ भ्याट सहित लागतमा १ किमी २ सय मिटर सडक कालोपत्रे हुने कुरा नगरपालिकाका इन्जिनियर राजन न्यौपानेले जानकारी दिनुभयो । ४ मिटर चौडा ४० मिमि बाक्लो अस्फाल्ट कंकृटपिच हुने लागत अनुमान भइ सडकमा कार्य अघि बढाउने सम्झौता भएको इन्जीनीयर न्यौपानेले बताउनु भयो ।

      उक्त खावा, बडालगाउँ कल्छे सडक कालोपत्रे योजनाको कार्य सुचारु गरीएको ब्लक टपीङ, बाटो पिच कार्यलाई तिव्रता दिने कुरा कन्ट्रक्सनका सञ्चालक रविन गौतमले बताउनुभयो । उक्त सडक कालोपत्रे आयोजना २०८१ बैशाख ३१ गते भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । खावा, बडाल गाउँ धोक्रेपाखो मोटरबाटो निर्माण कार्य २०५९ मा प्ररम्भ गर्दा सोही बडाको जनचेतना युवा समूहले २० हजार रकम उपलब्ध गराई  डोजरद्वारा मोटरबाटो खन्ने कार्य शुभारम्भ गरेको संस्थाका संस्थापक अध्यक्ष उद्धवप्रसाद बडालले बताउनु भयो । साविक काभ्रे गाविस वडा नं. ६ मा पूर्व गाविस अध्यक्ष साधुराम बडालले २०५७ तिर गाविसको विकास बजेट नै २० लाख हुन्थ्यो पूर्वाधार विकासको क्षेत्रमा कार्य गर्न निक्कै कठीन हुने बताउँदै सो रकमबाट नै गाविसकै समग्र विकास गर्नुपथ्र्यो भन्नुभयो । पूर्व गाविस अध्यक्ष बडालले उक्त वडाको त्यस ताका तीनपटक गरी बाटो निर्माण विस्तारलाई करीब १५ लाख बजेट उपलब्ध गराएको बताउनुभयो ।

      उक्त बाटोको लागि शिव बहादुर देउजा सांसद हुँदा २५ हजार, बागमती प्रदेश सांसद हुँदा चन्द्र लामाले खावा, बडालगाउँ कल्छे सडकका विस्तारको लागि प्रदेश सरकार, समपुरक र ससर्त अनुदान र नगरपालिका गरी करीब २ करोड ५० लाखमा बजेटमा बाटो विस्तार, डेढ किमी सडक ग्रावेलीङ गर्न बजेट विनियोजना गर्न लगाई मोटरबाटो विस्तार कार्य गर्न सजहीकरण गरिदिनु भएको स्थानीय युवा नवराज बडालले बताउनु भयो । नगर प्रमुख अशोक व्यान्जुले धुलिखेल नगरपालिकाको भौतिक पूर्वाधार विकासमा स्तरवृद्धि, शैक्षिक क्षेत्रको गुणस्तर विकास, धुलिखेलले स्वस्थ्य सहर अभियान, एक घर एक धारा जडान गरी नगरवासिलाई गुणस्तरीय पानी उपलब्ध गराउने कार्य भएको बताउनु भयो । आगामी ४ वर्ष भित्र नगर भित्रका सडक सञ्जाल कालोपत्रे गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारको समेत  पहल कदमीमा सम्पन्न गर्ने दुरगामी योजना तय गरेको कुरा नगर प्रमुख ब्याञ्जुले जनाउनु भयो ।

      धुलिखेल-८ का वडा अध्यक्ष विनोद गौतमले वडाभित्रका शाखा बाटोहरु बाहै्र महिना यातायातका साधन सहजरुपमा चल्ने वातावरण निर्माण गर्न सडक ग्रावेल गर्ने, सडक भित्तामा नाला निर्माण गर्ने, वडाको शिक्षा, स्वास्थ्याको पहुँच विस्तार गर्न आपूm प्रतिबद्ध रहेको बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्