IMG-LOGO

चैत्र १५ देखि एसईई हुने

 मंगल, माघ ९, २०८०  ---

            राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत्र १५ देखि २७ गतेसम्म  सञ्चालन गर्ने निणर्य गरेको छ । बोर्डको हिजो बसेको बैठकले एसईई होली पछाडि सञ्चालन गर्ने निणर्य गरेको हो । बीचमा होली परेका कारण परीक्षा कार्यतालिकाभन्दा केहीपछि सरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।  तीमध्ये २ लाख ४६ हजार चार पुरुष र २ लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका छन् ।

            ती मध्ये कोशी प्रदेशबाट पुरुष ३९ हजार ६७५ र महिला ४० हजार ४८४, मधेश प्रदेशबाट पुरुष ४१ हजार ४ १६, र महिला ४० हजार ७९७, बागमतीबाट पुरुष ५३ हजार ३६ र महिला ५० हजार ४२०, गण्डकी प्रदेशबाट पुरुष २१ हजार ६३६ महिला २० हजार ८५३, लुम्बिनी प्रदेशबाट ४५ हजार २२१ पुरुष र महिला ४५ हजार ८५१, कणर्ालीबाट पुरुष १६ हजार २०० र महिला १६ हजार ३१८ र सुदुर पश्चिमबाट पुरुष २७ हजार ८०९ र महिला २८ हजार ७१६ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिनेछ । अक्षराङ्कन पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिँदैछ । ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुनेछ । बढीमा दुई विषयमा अनुतीणर् हुनेले पुनः ग्रेड वृद्धि परीक्षा दिन पाउँछन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्