सामाजिक विकास, चेतना फैल्याउन अग्रस्थानमा रहेको श्री जनचेतना युवा समूह धुलिखेल –८ बडाल गाउँको २९आंै वार्षिक साधारण सभा वडा अध्यक्ष बिनोद गौतमको प्रमुख आतिथ्यतामा र संस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेको सभापतित्वमा सनिवार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि गौतमले जनचेतना युवा समूहले सामजिक चेतना फैलाउन, बिकास निर्माणका सवालमा समेत योगदान गरेको बताउदै आगामी दिनमा वडाले सक्दो सहायता उपलब्ध गराउने बताउनु भयो । कार्यक्रममा समूहका संस्थापक अध्यक्ष उद्धब प्रसाद बडाल, पूर्व अध्यक्ष सधुराम बडाल लगायतले मन्तव्य राख्नु भयो । सचिब नवराज बडालले प्रगती प्रतिवेदन र भाबी कार्यक्रम, कोषाध्यक्ष नविन बडालले आ.व ०७९÷०८० को लेखापरीक्षण प्रतिबेदन प्रस्तुत गर्नु भयो ।संस्थाको १ लाख १२ हजार ५ सय २६ बराबरको आयब्यय रहेको जनाएको छ । कार्यक्रममा धुलिखेल नगरपालिकाका इन्जिनियर राजन न्यौपाने, महिला शसक्तीकरण नेपालकि पार्वती के.सी युवा अभियान नेपालका पवन गौतम, बछ्लादेवी महिला बचत तथा ऋण संस्थाकी अध्यक्ष सुनिता बडाल लगाएको आतिथ्यता रहेको थियो । यसैगरी, उपाध्यक्ष रमेश बडालले धन्यवाद व्यक्त गर्नु भयो । संस्थामा १ सय ४६ आजिवन सदस्य रहेका छन् । उक्त रकमको कोषबाट परिचालित रकमबाट संस्थले रक्तदान, मठमन्दिर संरक्षण, कन्या पुजा संचालन र वातावरण प्रदुषण रोकावट सचेतना कार्यक्रम गर्दै आएको कुरा सस्थाका अध्यक्ष न्यौपानेले बताउनु भयो ।
