काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त पद हस्तान्तरण, पुरस्कार वितरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम बनेपामा विहिबार सम्पन्न भएको छ । प्रमुख अतिथि काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले जेसीजका कार्यक्रमहरुले बालबालिका देखि युवा सम्मलाई सामाजिक कृयाकलापहरुमा जोडेको बताउनुभयो । विशेष अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जेसीजका गतिविधीमा स्थानीय सरकारले समन्वय गर्ने बताउँदै युवाहरुका सिप र ज्ञानलाई अझै समुदायस्तरमा लैजान पहल गर्ने बताउनुभयो । वर्ष २०२३ का अध्यक्षहरु काभ्रे जेसीजका सुमित मानन्धर, काभ्रे लेडी जेसीजका बुद्धलक्ष्मी मानन्धर र बनेपा जुनियर जेसीजका रोजा सिल्पकारले आफ्नो कार्यकालमा भएका गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो । वर्ष २०२४ का लागि निर्वाचित अध्यक्षहरु काभ्रे जेसीजका रिकेश सैंजु, काभ्रे लेडी जेसीजका सविता बज्राचार्य शाक्य र बनेपा जुनियर जेसीजका अध्यक्ष सृष्टि श्रेष्ठले पदभार ग्रहण गर्दै आगामी वर्ष गर्ने योजना प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा नानीमाया जोशी उत्कृष्ट महिला जेसीज पुरस्कार –२०२३, स्व. आत्माराम आचार्य स्मृति उत्कृष्ट सहभागीता पुरस्कार –२०२३, स्व. गोपालभक्त राजवंशी उत्कृष्ट कार्यक्रम सञ्चालक पुरस्कार –२०२३, स्व. राम श्रेष्ठ स्मृति उत्कृष्ट कार्यक्रम संयोजक पुरस्कार –२०२३, स्व. लक्ष्मी रत्न शाक्य तथा सानु शोभा शाक्य उत्कृष्ट सक्रिय जुनियर जेसी पुरस्कार –२०२३, स्व. हरिकृष्ण वैद्य तथा गंगा देवि वैद्य सर्वाधिक अनुशासित पुरस्कार –२०२३, स्व. खोम बहादुर गुरुङ उत्कृष्ट संचालक समिति सदस्य पुरस्कार –२०२३, स्व. राजेन्द्र जोशी उत्कृष्ट जेसी पुरस्कार –२०२३, स्व.राम श्रेष्ठ स्मृति उत्कृष्ट कार्यक्रम संयोजक पुरस्कार –२०२३, स्व. रत्नलाल मानन्धर स्मृति उत्कृष्ट सहभागिता पुरस्कार –२०२३, स्व. आशाकाजी वैद्य सर्वाधिक अनुशासित पुरस्कार –२०२३ घोषणा तथा पुरस्कार वितरण एवं सम्मान गरिएको थियो ।
