IMG-LOGO

इन्द्रेश्वर क्याम्पस पनौतीको दोस्रो क्याम्पस सभा

 मंगल, माघ २, २०८०  ---


    इन्द्रेश्वर क्याम्पस सभाहलमा काभ्रे जिल्ला श्रेत्र नं. १ का प्रतिनिधि सभाका संसद सूर्यमान डोङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । क्याम्पस सभामा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी विशिष्ट अतिथि तथा सविंधान सभाका सभासदस्य रामहरी सुवेदी, पनौती नगरका पुर्व नगरप्रमुख सप्तकाजी बुद्धाचार्यको आतिथित्यतामा सम्पन्न भयो । क्याम्पस सभाको अध्यक्ष यस क्याम्पसका सञ्चालक समितिका अध्यक्ष श्री तुयुकाजी ताम्राकारको सभाध्यक्षतामा सम्पन्न भयो ।
    यस क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष राजेशकुुमार श्रेष्ठबाट क्याम्पस सभामा स्वागत गर्नु भयो । क्याम्पस प्रमख श्रीकुमार सुवालबाट क्याम्पसको आर्थिक, शैक्षिक तथा भौतिक प्रगति विवरण एवम् विधान संशोधन सम्बन्धि प्रस्ताब क्याम्पस सभामा प्रस्तुत गर्नु भयो । नगरप्रमुख रामशरन भण्डारीबाट गुणस्तरीय शिक्षाको लागि नगर र क्याम्पस मिलेर अगाडी जान सकिने र नगरका सम्पुर्ण सार्वजनिक क्याम्पसहरुलाई सामावेश गरेर युग सुहाउदो शिक्षा प्रदान गर्न तत्पर रहेको जानकारी गराउनुभयो ।
    यस क्याम्पसका सभासद तथा पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सविन ताम्राकारले विद्यार्थीहरुको चाहना अनुसारको शिक्षा र विश्वस्तरीय गुणस्तर शिक्षालेमात्रा क्याम्पसको विकास र उन्नती हुने कुरा गर्नु भयो । क्याम्पसका विभिन्न सभासदहरुले उठाउनु भएको जिज्ञासा तथा अभिव्यक्तिहरुको बारेमा क्याम्पस प्रमुख श्रीकुमार सुवालले प्रकाश पारिदिनुभयो । सविंधान सभाका सभासदस्य रामहरी सुवेदीले क्याम्पसको प्रगतिको शुभकामना दिदै क्याम्पसको महत्वपूण उपलब्धिमा गौरव भएको कुरा गर्नु भयो । 
    प्रमुख अतिथि काभ्रे जिल्ला श्रेत्र नं. १ का सघिय प्रतिनिधि सभाका संसद सूर्यमान डोङ्गज्युले सामुदायिक क्याम्पसहरुको बदलिदो चुनौतीलाई पार गर्न रोजगारमूलक शिक्षाको आवश्यकता रहेको कुरामा जोड दिनुभयो । आपूmले सकेको सहयोग गर्ने बताउँदै पढ्दै कमाउदै शिक्षा बढ्लिदो युगको आवश्यकता रहको कुरा राख्नुभयो । उक्त क्याम्पस सभाले सञ्चालक समितिबाट प्रस्तुत विधान संशोधन सम्बन्धि प्रस्ताव पारित गरि आवश्यक सम्वन्वयका लागि सञ्चालक समिति लाई अख्तियारी समेत प्रदान गरेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्