राष्ट्रिय एकता दिवस ३ सय २ औं पृथ्वी जयन्तीको दिन शुक्रबार पृथ्वीनारायण शाहको शालिकमा धुलिखेल नगरपालिका प्रमुख अशोक व्यञ्जुले माल्यापर्ण गर्नुभयो । कालीजङ्ग गण धुलिखेलले आयोजना गरेको उक्त कार्यक्रममा गणका मेजर रुद्रदेव पाण्डे, धुलिखेल नगर जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पृथ्वीनारायण शाहको शालिक धुलिखेल नगरपालिकाले २०७७ फाल्गुन २९ गते निर्माण सम्पन्न्न गरेको थियो । उक्त शालिकको तत्कालीन सेनापति पूर्व चन्द्र थापाले उद्घाटन गर्नुभएको थियो ।
