IMG-LOGO

सरकारी कार्यालयहरुमा सूचना अधिकारी तोक्न निर्देशन

 मंगल, माघ २, २०८०  ---

    जिल्ला प्रशासन कार्यालय काभ्रेले  ऐनमा भएको व्यवस्था बमोजिम कतिपय कार्यालयमा सूचना अधिकारी नै नराखेको, कार्यालयको सूचना नै वेवसाइटमा नराखिएको, अद्यावधिक नभएको र ऐनको व्यवस्थाबारे जानकार नभएको पाइएपछि बैठक राखि सचेत गराएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय काभ्रेका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको अध्यक्षतामा भएको बैठकले सबै कार्यालयहरुमा सूचना अधिकारी तोकिए नतोकिएको विषयमा छलफल गर्दै नतोकिएको कार्यालयले शिघ्र निर्णय गरी सूचना अधिकारी तोक्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।
    सूचना अधिकारीको व्यवस्था, सम्पर्क नम्बर, सूचना मागको विवरण लगायत सूचनाको हक कार्यान्वयनको अवस्थाको जिल्ला हुलाक कार्यालयबाट अनुगमन गरी १ हप्ता भित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पठाउने निर्णय बैठकले गरेको हो । सूचनाको हक सम्बन्धि ऐन, नियमले तोकेको सार्वजनिक निकायको दायित्व वमोजिम नियमित रुपमा प्रकाशन गर्नुपर्ने सूचना सार्वजनिक गर्ने, सबै निकायले सूचना मागको र सूचना प्रवाहको विवरण छुट्टै अभिलेख राखी त्रैमासिक÷वार्षिक रुपमा प्रतिवेदन जिल्ला प्रशासन कार्यलयमा पठाउने निर्णय बैठकले गरेको छ ।
    कार्यालयहरुका वेवसाइटमा राखिएका विवरणहरु नियमित अध्यावधिक गर्ने, सार्वजनिक निकायमा रहेका सूचनामा नागरिकको पहुँचलाई सहज र सरल तथा प्रभावकारी बनाउन सबै सूचना अधिकारीले प्राथमिकता दिएर कार्य गर्ने, सबै स्थानीयतहहरुबाट स्थानीय तहको वेवसाइटमा सबै वडाध्यक्ष र वडा सचिवहरुको समेत सम्पर्क नम्बर राख्न स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माको समेत उपस्थिति रहेको थियो ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्