राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे चौरीदेउराली गाउँपालिका वडा नं. ५ घर भइ काठमाण्डौं कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र काठमाण्डांै सुकेधारा बस्ने, चितवन जिल्ला राप्ती नगरपालिका वडा नं. ४ बस्ने ४२ वर्षीय राजु गौतमलाई काठमाण्डौं उपत्यका अपराध अनुशन्धान मिनभवनले शुक्रबार प्रक्राउ गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । प्रहरी अनुशन्धानबाट राधाकृष्ण जनरलस्टोरबाट विभिन्न बैंक र सहकारीको १७ वटा चेक सहित ७ लाख ९७ हजार रकम सहीत प्रहरीले प्रक्राउ गरेको जनाएको छ । त्यस्तै गरी राजु गौतमको महाबौद्धको कुमारी आर्केटको राधाकृष्ण जनरलस्रोटबाट ५ लाख ७५ हजार रकम सहित प्रहरीले प्रक्राउ गरी दुवैजनालाई जिल्ला प्रहरी कार्यालय काठमाण्डौं परीसमा पठाएको प्रहरी उपरीक्षाक केसीले बताउनु भयो ।
