IMG-LOGO

नवौं राष्ट्रिय योग दिवस मनाइयो

 मंगल, माघ २, २०८०  ---


    पतंजलि योग समिति काभे्र बनेपाले माघ १ गते बनेपामा नवौं राष्ट्रिय योग दिवस   मनाएको छ । केन्द्रिय परिपत्र अनुसार योग गुरु पतंजलि योग समिती बागमती प्रदेश प्रमुख गु्रवेन तौजलले सहभागी योग , शिक्षक, शिक्षिका, साधक, साधिका , अन्य गन्यमान्य व्यक्तिहरुलाई १०८ सूर्य नमस्कार गरि प्रारम्भ गरियो । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व समेत गर्नुभएका शर्माले दैनिक योग अभ्यासबाट स्वास्थ्य विन, स्वास्थ्य समाजको निर्माण हुने र  सकारात्मक चित्रणको विकास हुने भएकोले प्रत्येक नागरिकले योग विधिलाई अँगाल्नु पर्ने र नेपाल सरकारको निर्देशन अनुसार आफू लगायत नेपाल सरकारका कर्मचारीहरुले योगविधी अपनाएको बताउनुभयो । पतंजलि योग हरिद्धारका कर्पोरेट मेम्बर उद्धब प्रसाद तिमल्सिनाले नेपाल सरकारको नियमले योग दिवस देश भर मनाउन पाएको बताउनुभयो । महिला योग समिति काभे्रका अध्यक्ष अनु श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन महामन्त्री मोहन कृष्ण श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदी लगायत दर्जनाँै प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्