पतंजलि योग समिति काभ्रेको आयोजनामा काभ्रे जिल्ला भर रहेका नगर समितिहरुमा रहेका विभिन्न योग केन्द्रका योग शिक्षक र शिक्षिकाहरुका लागि पनः ताजगी ५ दिने तालिमको पतंजलि योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजलेले प्रशिक्षण दिई प्रारम्भ गर्नुभयो ।
पौष २३ गतेदेखि पौष २८ सम्म पाच दिन संचालन भएको उक्त तालिम निकै उत्साह र उमंगसाथ भएको उक्त तालिममा जिल्ला भरका १२८ जना योग शिक्षक शिक्षिकाहरुले भाग लिनुभएको कार्यक्रममा पतंजलि योग समिति बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ र सल्लाहकार सरिता शाक्यले योग अभ्यास सम्बन्धि चर्चा गर्नूभएको थियो भने सहभागीहरुको तर्फबाट नमोबुद्ध नगरपालिका भकुण्डेबेशी योग साधना केन्द्रका उर्मिला श्रेष्ठ र राधाकृष्ण योग साधना केन्द्रका संयोजक नन्द प्रसाद घिमिरेले तालिमको अनुभव बारे बताउनुभएको थियो । सो कार्यक्रमको समापनको अवसरमा पतंजलि योग समिति काभ्रे र नेपाल उद्योग बाणिज्य महासंघ बाग्मती प्रदेशको संयुक्त आयोजनामा स्व. मूल्याङ्कन सम्बन्धि आधारभूत तालिमको प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष सुरकृष्ण बैद्यले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि बैद्यले आपूmले जाने सिकेका ज्ञान गाउँ गाउँमा योग शिक्ष पुयाउनु सक्नुनै राम्रो उदाहरण बनेको बताउनुभयो ।
उक्त कार्यक्रममा सहभागी योग शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षक राजु सरकारले प्रशिक्षण प्रदान गर्नुभएको थियो । साथै प्रशिक्षित शिक्षक शिक्षिकाहरुलाई नेपाल उद्योग बाणिज्य महासंघ बाग्मती प्रदेशका संयोजक दिल सुन्दर श्रेष्ठले प्रमाण पत्र वितरण गर्नुभएको थियो । पतंजलि योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य महिला योग समिति काभ्रेका अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ बाग्मती प्रदेश सदस्य एंव पतंजलि योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजलेले मन्तव्य राख्नुभएको र सो कार्यक्रमको उद्घोषण महामन्त्री द्धय मोहन कृष्ण श्रेष्ठ र कमला राजभण्डारीले गर्नुभएको थियो । सोही सभाबाट अनुगमन समितिको संयोजकमा दमनकुमार श्रेष्ठ र सोसियल मिडिया प्रभारीमा अंकुर शाहलाई सर्वसम्मतिबाट चयन गरिएको थियो ।
