IMG-LOGO

बनेपा नगरको पूँजीगत खर्च १४ प्रतिशत

 मंगल, फागुन १८, २०७७  ----


बनेपा नगरको पूँजीगत खर्च १४ प्रतिशत मात्र गरेको छ ।बनेपा नगरपालिकाको ७ औँ नगर सभा गत मंगलबार सम्पन्न भयो । चालु आर्थिक बर्षमा ६२ करोड २० लाख  ३१ हजार पूँजीगत खर्च विनियोजन गरेको मध्ये ७ महिनाको अन्तरालमा १३ दशमलव ९२ प्रतिशत मात्र खर्च भएको छ । बनेपाका गौरवका योजनाहरु चण्डेश्वरी जंगलमा पर्यटन प्रबद्र्धनका लागि सिढिं, हिलेजलजले वहुउपयोगी वाल निर्माण, पुण्यमाता करीडोर निर्माण, स्मार्ट सिडि निर्माण अन्तरगत बनेपा नगरक्षेत्र भित्रका ऐतिहासिक पार्टी पौवा, पोखरी धाराहरुको पुनःनिर्माण तथा जीणर्ोद्वार कार्यक्रमहरु कार्यान्वयन चरणमा अघिबढेको नगर प्रमुख लक्ष्मी नरसिंह वादेले नगर सभामा जानकारी गराउनु भयो । रेयुकाई मासुनागा आँखा अस्पतालसँगको कार्यक्रमलाई निरन्तरता दिएको छ । म बनाउँछु मेरो बनेपा भन्ने मुलनारालाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास कार्यक्रमलाई योजना बद्ध ढङ्गबाट अघि बढाउँदै लागिएकधो जनाएको छ । नगर उप प्रमुख रेखा सापकोटा दाहालले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा आर्थिक विकास समितिका संयोजक सचितानन्द केसीले आर्थिक विकासको क्षेत्रगत प्रगति प्रतिवेदन, सामाजिक विकास समितिका संयोजक चन्द्र बहादुर खड्काले सामाजिक क्षेत्रगत प्रतिवेदन, वन, वातावरण, विपद् व्यवस्थापन समितिका संयोजक शिवकुमार थापाले क्षेत्रगत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । रामवहादुर कुँवर संयोजक रहेको सुशासन तथा संस्थागत विकास समितिको क्षेत्रगत प्रगति प्रतिवेदन, श्यामसुन्दर श्रेष्ठ संयोजक रहेको पूर्वाधार विकास समितिको क्षेत्रगत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । बनेपा नगरपालिका वडा नं ६ को वडा अध्यक्ष वणर् शाक्यले वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येक ,  २०७७ प्रस्तुत गर्नुभयो । सांस्कृतिक संग्रहालयको कार्यदल गठन, जनशक्ति विकासको कार्यदल गठनको अनुमोदन र वाजे बज्यै पार्कको निर्माणको लागि बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतिले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्