IMG-LOGO

सञ्चाकर्मीद्धय गुरागाई र बजागाई सम्मानित

 सोम, पौष २३, २०८०  ---

 

     सञ्चारकर्मीद्वय मधुसुधन गुरागाईं र नवराज बजगाई सम्मानित हुनुभएको छ ।   ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा सञ्चारकर्मीद्वय गुरागाईं र बजगाईलाई सम्मान गरिएको हो । कृषि पत्रकारितामार्फत समग्र दुग्ध क्षेत्रको विकास र प्रवद्र्धनमा प्रत्यक्ष रुपमा योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । बागमती प्रदेश सभाकी उप–सभामुख अप्सरा चापागाईले दुवै सञ्चारकर्मीलाई सम्मान  गर्नुभएको हो । ३ दशकदेखि पत्रकारितामा संलग्न गुरागाई कृषि, प्रविधी क्षेत्रमा विशेष दख्खल राख्ने व्यक्तित्वमा गनिनुहुन्छ  । २ दशकदेखि पत्रकारितामा संलग्न बजगाईले नवक्षितिज साप्ताहिक, राम्रो सन्देश डटकम नामक अनलाइन सञ्चालन गदै आउनुभएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्