काभे्र महिला जेसीजको ३० औं साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट काभे्र महिला जेसीज २०२४को लागि सविता बज्राचार्यको अध्यक्षतमा कार्यसमिति गठन भएको छ । कार्यकारीणी उपाध्यक्षमा सविता श्रेष्ठ र सरस्वती मानन्धर निर्विरोध निवार्चित हुनुभएको छ । यस्तै गरी कानुनी सल्लाहकारमा सुनिता वादे, भने कोषाध्यक्ष्मा मनिका शाक्य निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा सम्झना खतिवडा, रितिका शाक्य र पूजा केसी रहनुभएको छ । त्यस्तै तालिम संयोजकमा स्वस्तिका श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
