धुलिखेल । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण म्सालले संघीय संरचना अनुरुप गणतन्त्र प्राप्तीपछि संघ,प्रदेश स्थानीय सरकारले देशमा गरेको विकासका सवाललाई तथ्याङ्खीय आधारमा यथार्थ भएको विकास समृद्धि भएका विषयवस्तुहरुको कार्यसम्पादन मुल्याङ्खन नहुँदा केहि नभएको जसरी प्रचार गरिँदा नागरिकहरुमा निराश छाएको बताउनुभयो । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियशन जिल्ला कार्य समिति काभे्रको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी बागमती प्रदेश मन्त्री लम्सालले राजनीतिक नेतृत्वले र तीनका कार्यकर्ताले राज्यका निकायले गरेक कामकारबाहीलाई राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने गरेको खण्डमा र सञ्चारकर्मीहरुले सत्य तथ्यको आधारमा नागरिकहरुलाई सूचना प्रवाह गर्ने राजनितिकर्मीले राम्रो कार्यको राम्रो भन्ने सँस्कार, सभ्यता र चेतनाको विकास अवश्यक रहेको उल्लेख गर्नुभयो । नियम,कानुन परिस्थिति, नागरिकहरुको आवश्यकता र औचित्यको आधारमा परिमार्जित हुँदै जाने जनताका जन प्रतिनिधिहरुले जनउत्तरदायी ढङ्गबाट कार्य गर्दै जाने कर्मचारी वर्गले नागरिकहरुलाई प्रवाह गर्ने सेवा स्तरीय दिनुपर्ने तर्क मन्त्री लम्सालले गर्नुभयो । मालपोत कार्यलय र यातायात क्षेत्र भनेपछि नागरिकहरुले दुःख मात्र दिने, आर्थिक अनियमतता हने, भन्ने मानक स्थापित भएकाले त्यसलाई चिर्दै कर्मचारी वर्ग , लेखापढी व्यवसायीहरुले त्यसलाई चिर्दै कर्मचारीवर्ग, लेखापढी व्यवसायीहरुले मनन गरी नागरिकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न लाग्नुपर्ने बताउँदै लेखापढी व्यवसायी क्षेत्रमा कार्य गर्न देखिएका समस्यालाई सामाधान गर्न आफ्नो मन्त्रालय तयार भएको मन्त्री लम्सालले भन्नुभयो । यातायात क्षेत्र, श्रम रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित, गरी प्रविधिमैत्री सेवा नागरिकहरुलाई प्रदान गर्ने र काभे्र जिल्लामा यातायात कार्यालय स्थापना गर्ने योजना तय भएको मन्त्री लम्सालले धारणा राख्नुभयो । लेखापढी केन्द्रीय अध्यक्ष सिताराम दाहालले राज्यले गलत नीति अवलम्बन गर्दा जग्गा वित्ताकाट सन्दर्भ र स्थानीय सरकारले गर्ने वर्गीकरणले कार्य गर्न निक्कै अप्ठ्यारो रहेको बताउँदै, लेखापढी व्यवसायीलाई विचौलीया देख्नु दृष्टि दोष रहेको बताउनुभयो । मालपोत कार्यालय काभे्रका प्रमुख दिपक कोइरालाले जग्गा प्रशासन, नापी र स्थानीय जनप्रतिनिधिबाट सिफारीस भएर आएका आधारमा अन्तिममा नागरिकहरुको जग्गाको सुरक्षाको हिसाबले कार्य गर्ने हो समन्वय र सहकार्यबाट गर्ने भएकाले मालपोत कार्यालयले कुनै खालको झन्झट नदने बताउनुभयो । मातपोत कार्यालउय काभे्र प्रमुख कोइरालाले काभे्र लेखापढी व्यवसायीले काभे्रका कुना कन्दराहरुका भौगोलिक अवस्थालाई नियालेर शुल्क निर्धारण गरी गरी लिने, जेष्ठ, फरकक्षमता भएकाहरुलाई निःशुल्क सेवा प्रवाह गरेको खण्डमा देशमै राम्रो सन्देश जाने उल्लेख गर्नुभयो । निर्वतमान अध्यक्ष माधव सिग्देलले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा धुलिखेल वडा नं ७ वडा अध्यक्ष रोमी व्यञ्जु, पनौती उद्योग वाणिज्य संघ अध्उक्ष भोला थापा, नेपाल पत्रकार महासंघ काभे्र निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, केन्द्रिय महासचिव कृष्ण प्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सभापतिको आसनबाट बोल्दै नेपाल लेखापढी कानुन व्यसायी एसोशियसन काभे्रका अध्यक्ष रोशनकुमार श्रेष्ठले नयाँ प्रविधिको अनलाइन प्रयोगले मालपोत कार्यालयमा दोहोरो कित्ता समस्या नआएको र १९९९ को लिखित बरु सुरक्षित रहेको अहिलेको जग्गा धनि पूर्जा वितरणमा सुरक्षित नभएकोले मालपोत कार्यालय काभे्रले जग्गाधनि पूर्जा र लिखित राम्रो व्यवस्थीत गर्न लाग्नुपर्ने बताउँदै , लेखापढी व्यवसायीहरुले आ आफ्नो कम्जोरी सच्याई प्रविधिमैत्री, नागरिक मैत्री सेवा प्रवाह गर्न लाग्नुपर्ने बताउनुभयो । नेपालभर करीब २० हजार लेखापढी व्यवसायीले कार्य गरेको र काभे्र जिल्लामा १ सय ५४ जना सदस्य रहेको बताइएको छ ।
