IMG-LOGO

राष्ट्रसेवक कर्मचारी साकोसको १३औं सभा 

 सोम, पौष २३, २०८०  ---

 

     काभ्रे । राष्ट्र सेवक कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काभ्रेपलाञ्चोको तेह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठन केन्द्रय कार्य समितिका उपाध्यक्ष तथा सहकारी विभाग प्रमुख रेवन्त गौतमको प्रमुख आतिथ्यता, उप महासचिव तथा महिला विभाग प्रमुख बिजयालक्ष्मी सुवेदी, सचिवालय सदस्य, सहकारी विभाग सदस्य तथा काभ्रे जिल्ला ईन्चार्ज भावनी हुमागाई, सचिवालय सदस्यहरु, नेपाल निजामती कर्मचारी संगठन काभ्रेका अध्यक्ष गायत्रीरमण घिमिरे लगाएत पुर्व संस्थापकहरुको आतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएको नयाँ कार्यसमितिका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिनु भएको छ । अध्यक्ष बिजयलक्ष्मी सुवेदीले अध्यक्षको आ.ब. २०७९÷०८० को प्रतिवेदन पेश गर्दै नेपाली जनताको स्वतन्त्रताका लागि आन्दोलन तथा ट्रेड युनियन आन्दोलनमा हामी राष्ट्रसेवक कर्मचारीहरुको हकहित स्थापित र संगठित हुन पाउने अधिकार प्राप्तीको क्रममा शाहदत प्राप्त गर्नु हने आदरणीय अमर शहीदहरु मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विश्वकर्मा लगायत सम्पूर्ण ज्ञात अज्ञातशहीदहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्नु भयो ।

     ब्यवसायीक  संगठन संचालनमा प्रभावकारी आर्थिक कृयाकलाप सहकार्य बिना अगाडि बढ्न नसकिने निस्कर्षका साथ संगठनले २०५६ जेष्ठ २९–३१ मा बिराटनगरमा सम्पन्न राष्ट्रिय अधिवेशनबाट संगठनका सदस्यहरुको आर्थिक पाटोलाई मजबुत बनाउन सहकारी स्थापना र संचालन गरि अगाडी बढाउने निर्णय गरिएको थियो ।संगठनमा आवद्ध सबै सदस्यहरुको जीवन यापन सहज र सरल बनाउन आर्थिक अवस्था सुदृढ बनाउनु पर्छ भन्ने उद्देश्यले संगठनको विराटनगरमा सम्पन्न पांचौ राष्ट्रिय अधिवेशनमा तत्कालिन ७५ वटै जिल्लाहरुमा राष्ट्रसेवक सहकारी संस्थाहरुको स्थापना गर्ने नीति पारित भएको थियो । राष्ट्रसेवक कर्मचारीहरुलाई नियमित बचत गर्ने बानीको विकास गराई आर्थिक अवस्था सबल बनाउने नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय नीति रहेको हुँदा सोही नीति बमोजिम यस जिल्लामा पनि मिति २०६७÷०६÷२२ गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भई सञ्चालन हुँदै आएको यस सहकारी संस्थाले १३ वर्ष पूरा गरेको छ। ““राष्ट्रसेवकः हामी र हाम्रो सहकारी”” भन्ने नारा तय गरी स्थापित राष्ट्रसेवक सहकारी संस्थाहरु हालसम्म ६९ जिल्लाहरुमा स्थापित भैसकेको जानकारी गराउनु भएको थियो । आर्थिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन ,लेखा सुपरिवेक्षक समितिको प्रतिवेदन पेस गरिएको थियो । मिति २०६७÷०६÷२२ गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भई स्थापना भएको सहकारीले रू.१०१५३४०४÷०० कारोबार गरेको छ भने हालसम्म २७६ जना सेयरधनी रहेको छ ।

     प्रमुख अतिथि रेवन्त गौतमले कर्मचारीहरूको सहकारीले कर्मचारीहरूको आर्थिक अवस्था राम्रो बनाउन एवं कार्यालयमा सामूहिक काम गर्न अझै उत्प्रेरणा थप्ने, जिल्ला÷जिल्लामा संचालनमा रहेका राष्ट्रससेवक सहकारी संस्थाहरुको एकिकृत प्रणालीवाट संचालन गर्न नेपाल निजामती कर्मचारी संगठन केन्दिरय कार्यालयवाट सम्भाव्यता अध्ययन कार्य भई अहिले हामी २१ हजार सेयर सदस्य भएका कर्मचारीहरु २ अर्व २५ करोड ६८ लाखको मालिक भएको जानकारी गराउनु भयो । एकिकृत प्रमाणीमा भएपछि जुन जिल्लामा सदस्य भए पनि सरुवा भएर जादा आउदा कुनै समस्या नहुने भएकोले सहकारीका राष्ट्रिय भेला उपस्थित हुन निम्ता दिनु भएको थियोे । शुक्रबार भएको संस्थाको १३औ साधारण सभावाट नयाँ कार्यसमितिमा अध्यक्षमा मोहन लाल श्रेष्ठ, उपाध्यक्षमा महेन्द्र राउत, सचिव पुरुषोत्तम हुमगाई कोषाध्यक्ष देव वहादुर बस्नेत सदस्यहरुमा निर्मला कार्की, जानुका अधिकारी, सुरेश लामा, लिलानाथ सापकोटा, जिवन बरुवाल चयन भएका छन । त्यस्तै लेखा समिति संयोजकमा राजेन्द्र बजगाई,  सदस्यमा राजकुमार लामा, समला बस्नेत चयन भएका छन् ।

     नवनिर्वाचित अध्यक्ष मोहन श्रेष्ठले राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड काभ्रेपलाञ्चोकलाई स्थापना कालदेखि यहाँसम्म ल्याउनु हुने संगठक तथा पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्दै यस सस्थालाई कार्ययोजना बनाई संस्थाको हित हुने कार्यगर्ने, निवर्तमान कार्यसमितिले चालु आर्थिक वर्षमा गरिने लक्ष्य र कार्ययोजनाहरुलाई पुरा गर्ने । जिल्ला÷जिल्लामा संचालनमा रहेका राष्ट्रससेवक बचत तथा ऋण सहकारी संस्थाहरुको एकिकृत प्रणालीवाट संचालन गर्न नेपाल निजामती कर्मचारी संगठन केन्दिय कार्यसमितिवाट सम्भाव्यतता अध्ययन कार्य भई रहेकोले सहकारीहरुको राष्ट्रिय भेलाले  गरेको निर्णयहरुलाइ कार्यन्वयन गर्ने , कोपोमिसमा आवद्ध गराउने प्रतिवद्धता पेश गर्दै सहकारीको हकहित हुने कार्य गर्नका लागि नयाँ कार्यसमितिलाई सवैको साथ र सहयोगको अपेक्षा सहित कार्यक्रम समापन भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्