बनेपा, नागरिकहरुले प्राप्त गर्ने सेवा प्रवाह तथा विकास निर्माणका सवालहरु जनताका आवश्यकता र औचित्यका आधारमा समानताका आधारमा हुनुपर्छ भन्ने संवैधानिक व्यस्था कार्य गर्दै आएको जनाएको छ । बनेपा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा बनेपाले गत मंगलबार लैिङ्गक समानता तथा सामाजिक समावेशीकरण परीक्षण तालिम सम्पन्न ग¥यो २०७९÷०८० मा बागमती प्रदेशमा नै उत्कृष्ट हुन सफल भएको वास्तविक यथार्थ को आधारमा विकास निर्माण गरेको र शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार र भौतिक पूर्वाधारको विकास स्तरीयता गरेको हुनाले प्राप्त गरेको कुरा नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । स्थानीय सरकारलाई चुस्त दुरुस्त बनाउन सुशासन र पारदर्शीता कायम राख्न जनउत्तरदायित्व ढङ्खबाट बार्य जनप्रतिनिधि र कर्मचार्यलहरुले कार्य गरेको खण्डमा मात्र विकास र समृद्धिको यात्रा गन्तव्यमा पुग्ने सवालहरुमा सञ्चारकर्मी र सरोकारवालाहरुले उक्त कार्यक्रममा आ आफ्ना तर्क राख्नुभएको थियो । नगर उप प्रमुख विमला सापकोटा दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामजिक विकास शाखा प्रमुख चन्द्रबहादुर कुँवरले प्रशासन पारदर्शीता र जनउत्तरदायी सवालमा मन्तव्य राख्नुभएको थियो । प्रशिक्षक नविन चन्द्र घिमिरले लैिङ्गक समानता तथा सामाजिक समावेशीकरणका ५ वटा विषयवस्तु र एकसय वटा सूचकहरुको स्वमुल्याङनका आधारमा स्थानीय सरकारले नागरिकहरुलाई प्रवाह गरेको सेवा, सुविधा, विकास निर्माण , शिक्षा, स्वास्थ्य, गरिबी, निवारण कानुनमा कसरी गुणस्तरीय कार्य गरेको छ सोहिका आधारमा कार्य सम्पादन मुल्याकंन हुने बताउनुभयो । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा बनेपाकी प्रमुख विजय लक्ष्मी सुवेदिले संघिय संरचना अनुरुप गर्नुपर्ने कार्यसम्पादन, नागरिकले प्राप्त गर्ने सेवाको सवाल ऐन, कानुन कार्यविधी र नियमावली अनुरुप नै कार्य गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो । तीन वर्षको तुलानात्मक रुपमा नीति,कानुन, योजना, २०७७ ÷०८८मा ६२.५ प्रतिशत, ०७८ ÷०८९मा ७७.५ प्रतिशत र २०७९÷०८०मा ७० प्रतिशत , त्यस्तै संस्थागत व्यवस्थापनमा ०७७ ÷०८८मा ७७.५ प्रतिशत, ०७० ÷०८० मा ७७.५ प्रतिशत मानव संसाधन तथा क्षमता विकास तर्फ ६२.५ प्रतिशत, ०७९ ÷०७९ मा ५५ प्रतिशत, र ०७९ ÷०८० मा ८२.५ प्रतिशत , ०७० ÷०८०मा ९० प्रतिशत, त्यस्तै सुशासन तथा उत्तरदायित्वमा ०७७ ÷०७८ मा ७२.५ प्रतिशत, २०७९ मा ९० प्रतिशत ०७९ ÷०८०मा ९५ प्रतिशत रहेको छ । समग्र ५ विषय वस्तुका आधारमा २०७९÷०८० मा बनेपा नगरपालिकाले प्रारम्भीक स्वमुल्याकंनम ८८ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेको नतिजा सार्वजानिक गरेको कुरा प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिनुभयो ।
