जिल्ला समन्वय समिति काभे्रको आयोजनामा भएको महाभारत गाउँपालिकाको त्र्रैमासिक समिक्षा कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक सांसद रत्नप्रसाद ढकालले बहुवर्षिय आयोजनाको रुपमा अघि बढेको विपी राजमार्ग बाट महाभारत हुँदै प्रवेश हेटौंडा जोड्ने जनमुक्ति मार्ग सो क्षेत्रको विकासको लागि उल्येख गर्न लायकको हुने तर्क गर्नुभयो । उहाँले सिपालीबाट बुढाखानी हुँदै आउने सडक बनाउन जनप्रतिनिधिहरुको ध्यान केन्द्रित हुने बताउनुभयो । जिल्ला सान्वय समितिका प्रमुख दिपक गौतमले महाभारत क्षेत्र सहरी क्षेत्रको जस्तै सुगमतातर्फ अघि बढेको बताउनुभयो । जिल्ला सान्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले जिविकोपार्जनका साथै आयआर्जनमा जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जनप्रतिनिध, कर्मचारी, राजनितिक दल र स्थानीय सबैको सहकार्य र एकताले महाभारत गाउँपालिका पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य क्षेत्रको पहुँच बिस्तारको प्रगतिको बारेमा उल्लेख गर्नुभयो । जिल्ला समन्वय समिति काभे्रको आयोजनामा महाभारत गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को प्रथम त्रैमासिक अवधिको समीक्षा गरिएको हो । चालु आ.वको प्रथम तिन महिनाको अवधिमा भएको आर्थिक, भौतिक प्रगतिको समिक्षा गरिएको हो । महाभारत गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत हरि सि विष्टले प्रस्तुत गर्नुभएको थियो ।
