IMG-LOGO

स्वास्थ्य सेवा प्रवाहको बारेमा छलफल

 सोम, पौष २३, २०८०  ---

 

     धुलिखेल अस्पतालले काभ्रे जिल्लाका सरकारी स्वास्थ्य निकाय एवं शहरी क्षेत्रका ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि  नियमित रुपमा प्रदान गराई रहेको र पछिल्लो समय थपिएका ल्याबहरुको बारेमा जानकारी गराएको छ । हेमाटोलोजी, माईक्रोबायोलोजी एवं बायोकेमेस्ट्री सम्बन्धी ल्याब टेस्टहरु,यसको उपयोगिता, परल मूल्य, नमुना संकलन विधिबारे परिचयात्मक प्रस्तुति कार्यक्रम सम्पन्न भएको हो । प्रा.डा. सुमनराज ताम्राकार र डा. विनोद ढकालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा डा. प्रेम महर्जनले प्याथोलाजी, सुरेन्द्र मधुपले माईक्रोबायोलाजी र डा. ज्योती श्रेष्ठले बायोकेमेष्ट्री सेवाबारे प्रस्तुती दिनुभएको थियोे । काभ्रेका १३ वटै पालिकाका  १८ जनाको सहभागिता रहेको  उक्त कार्यक्रममा प्रा. डा. रमेश माकजूले समेत आफ्नो मन्तव्य राख्नुभएको थियो ।

 

 

प्याब्सन बनेपा नगरको चौथो सारधारण सभा

     निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) बनेपा नगरको चौथो साधारणसभा आगन्तुक होटेलमा सम्पन्न भएको छ । प्याव्सन बनेपा नगरका अध्यक्ष कुमार  मानन्धरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याव्सन केन्द्रीय उप ( महासचिव  भिमसेन केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य  संस्थाका उपाध्यक्ष  महेन्द्र  बिष्ट  र संस्थाको  प्रगति प्रतिवेदन अध्यक्ष कुमार मानन्धरले, आर्थिक प्रगति प्रतिवेदन नारायण जोशीले प्रस्तुत गर्नुभएको थियोे भने सचिव शरण कुमार मानन्धरले कार्यक्रम सन्चालन गर्नुभएको थियो । साधारणसभामा संघीय संसदमा पेश भएको शिक्षा विधेयकको विरुद्ध आवाज उठाउने सहभागी वक्ताले बताएका थिए । कार्यक्रममा प्याव्सन केन्द्रीय सचिव हिरा शर्मा नेपाल, केन्द्रीय सदस्य पूर्ण कुमार श्रेष्ठ ,काभ्रे  प्याब्सनका अध्यक्ष श्याम बहादुर भुजेल लगायतको आतिथ्यता रहेको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्