IMG-LOGO

मदिरा नियमन तथा व्यवस्थापन विधेयक पारित गर्दै पाँचखाल नगरको ८ औँ नगरसभा सम्पन्न

 मंगल, फागुन १८, २०७७  ---

“पाँचखाल नगर, कृषि शहर” नारालाई व्यवहारमा परिणत गर्न अघि बढेको पाँचखाल नगरको ८ औँ नगर सभा आइतबार सम्पन्न गरेको छ । मदिरा नियमन तथा व्यवस्थापन विधेक २०७७ पारित गर्दै नगरसभा सम्पन्न गरेको हो । नगरबासीले मदिरा सेवन गर्न चाहना भए अव नगरपालिकाको स्वीकृति लिइ मदिरा कार्ड बनाएर मात्र सेवन गर्न सकिने छ । नगरपालिका क्षेत्र भित्र सदाचार, स्वास्थ्य सुविधा तथा आर्थिक हितकायम राखेर सभ्य शान्त र सकारात्मक बाटोमा डोर्‍याउन समुदायलाई अग्रसर गराइ र घरेलु हिंसालाई अन्त्य गर्न नेपालको संविधान २०७२ को धारा २२६ ले दिएको अधिकार प्रयोग गरी पाँचखाल नगरपालिकाले मदिरा नियमन तथा व्यवस्थापन विधेयक २०७७ बनाएर लागु गर्ने भएको छ । कुनै पनि व्यक्तिले अनुमति पत्र वेगर र अनुमति पत्र पाएकाले अनुमति पत्रमा तोकिए सर्त बमोजीम मदिरा विक्र, वितरण गर्न, मदिरा खुवाउने बार वा रेष्टुरेन्ट वा पसल खोल्न पाउने छैन् । कसैले पनि प्लाष्टिकको पोका वा प्लाष्टिकको बोतलमा मदिराको उत्पादन तथा विक्रि वितरण पाइने छैन् । १८ वर्ष उमेर नपुगेको व्यक्तिले मदिरा विक्रि गर्न पाउने छैन् । नगरपालिकाले आफ्नो सेवा क्षेत्र भित्र प्रति वडा ११ वटा होलसेल मदिरा पसल ५ वटा वसार पसार मदिरा पसलको लागि मात्र अनुमति दिनुपर्ने छ । मदिरा सेवन कर्ता २ सय जना बराबर एक मदिरा सेवन कर्ता, २ सय जना बराबर एक मदिरा विक्रि वितरण पसल हुने गरी नगरपालिकाले विक्री वितरणको लागि अनुमती प्रदान गर्नेछ । सेवाकर्र्ताले दैनिक रुपमा १ सय ८० मि.लि. र वियर परिकारमा एक बोतल मात्र सेवन गर्न पाउने छ । सो वापत बार्षिक एकमुष्ट नविकरण शुल्क ५ सय र  कार्ड वापत ५ सय बुझाउनु पर्नेछ । पाँचखाल नगर पालिकाका नगर प्रमुख महेश खरेलको अध्यक्षतामा बसेको नगर सभामा नगर उपप्रमुख लक्ष्मी दनुवारले आर्थिक वर्ष २०७७/०७८ को ६ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । शिक्षा तथा खेलकुद शाखामा कुल विनियोजित बार्षिक बजेट अन्तरिक तर्फ ८४ लाख ६० हजार सम्म भौतिक प्रगति २५ प्रतिशत र वित्तीय प्रगति २१ प्रतिशत गरेको छ । महिला, बालबालिका, जेष्ठ नागरिक शाखा भौतिक प्रगति ३० प्रतिशत, वित्तीय प्रगति ४५ प्रतिशत रहेको छ । प्राविधिक शाखामा छुट्टाइएको कुल ३९ करोड ६४ लाख ९० हजार १६ मा ६० प्रतिशत प्रगति भएको छ । पशुपछि शाखामा ५० लाख ३० हजार कुल विनियोजित बजेट, भौतिक प्रगति ३० प्रतिशत र वित्तिय प्रगति २० प्रतिशत गरेका छ । ०७७/०७८ को चालु तर्फ ४१ करोड ७ लाख ७५ हजार र पूँजीगत तर्फ ५५ करोड ४५ लाख ३५ हजार १६ मा चालु तर्फ १५ करोड २५ लाख ५४ हजार २ सय १७ र पूँजीगत तर्फ १० करोड १६ लाख २९ हजार ८ सय ३ खर्च भएको छ । उद्यम विकाश तर्फ २९ लाख विनियोजित बजेटका भौतिक तर्फ ७ प्रतिशत र वित्तीय तर्फ ११ प्रतिशत प्रगति गरेको जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्