काभे्र जिल्लामा एकीकृत एक्बुलेन्स सेवा सञ्चालन नहुँदा विरामी वा घाइतेलाई आकस्मिक सेवा उपलब्ध गराउन समस्या भएको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार देशैभरी रहेका एम्बुलेन्सहरुलाई एकद्धार प्रणालीबाट छिटो छरितो रुपमा सञ्चालन गरी विरामी वा घाईतेलाई अस्पताल पु¥याउनु अगावै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन श्रोत साधन सम्पन्न व्यवस्थित र सुविधा सम्पन्न एम्बुलेन्स सेवा सुनिच्चित गर्नु राज्यको दायित्व रहेको भनिएको छ । जनस्वास्थ सेवा ऐन २०७५ र जनस्वास्थ्य नियमावलीले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ जारी गरेको भए पनि हरेक जिल्लाको एकीकृत एम्बुलेन्स नाजुक अवस्थामा रहेको छ भन्ने उदाहरण काभे्र जिल्लामा डेढ वर्ष अघि सेवा प्रारम्भ भएको पे्रषण केन्द्र सुरुको अवस्थामा ४७ वटा एम्बुलेन्स सञ्चालन भएकोमा हाल २ वटा मात्र सञ्चालनबाट पुष्टि हुन्छ । काभे्र र सिन्धुपाल्चोक जिल्लामा सञ्चालित एम्बुलेन्सको पे्रषण केन्द्र (म्ष्कउबतअज ऋभलतभच) संचारको माध्यमबाट एम्बुलेन्समा उद्धार गरी विरामीलाई समयमै सम्बन्धित अस्पताल पु¥याउनका लागि समन्वय गर्ने केन्द्रको रुपमा धुलिखेल अस्पतालमा रहेकोमा हाल अस्पतालको मात्रै २ वटा एम्बुलेन्स सञ्चालनमा रहेको कुरा डिस्पाच सेन्टरका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले बताउनुभयो । चौरीदेउराली गाउँपालिका, रोशी गाउँपालिका, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध नगरपालिकाबाट सञ्चालित एम्बुलेन्सहरु न्एक् जडान नगरी दौडाउने गरेको पाइएको छ । एम्बुलेन्स भन्ने बित्तिकै विरामी ओसारपसार गर्न स्वीकृत प्राप्त गरेको बहान हो । उक्त शब्दले एम्बुलेन्समा जडित उपकरण, सामाग्री, साइरन जीपीएस जडान भएको, आकस्मिक चिकित्सकीय प्राविधिक (भ्ःत्. भ्mभचनभलअथ ःभमष्अब ित्भअजलष्अष्बल), राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम प्राप्त चिकित्सकीय प्राविधिक हुनुपर्ने मापदण्ड छ । काभे्रका स्थानीय सरकारबाट सञ्चालित अधिकांस एम्बुलेन्स मापदण्ड नै पुरा नगरी विरामी तथा दुर्घटनापरी घाइते भएका विरामीहरु ओसार पसार गरी अस्पतालमा पु¥याउने गरिएको पाइन्छ । क,ख,र ग वर्गको एम्बुलेन्सहरुमा पनि चिकित्सक सहित उपकरण जडान हुनुपर्ने निस्चित मापदण्ड छ । सो कार्यान्वयन भएको पाईँदैन । पूर्व अस्पताल सेवा व्यवस्थापनका लागि पे्रषण केन्द्र सञ्चालन गर्नुपर्ने हुन्छ । एम्बुलेन्स समयमै उपलब्ध गराउने एम्बुलेन्स संचालक निकायहरुले तोकिएको तालिम प्रदायक निकायहरुसँग समन्वय गरी एम्बुलेन्स र पूर्व अस्पताल सेवामा खटीने जनशक्तिका लागि तालिम समन्वय गर्नुपर्ने स्वास्थ्य कार्यालय धुलिखेलकी निमित्त कार्यालय प्रमुख अनिता खनालले जानकारी दिनुभयो । पे्रषण केन्द्रले “क”, “ख” वर्गका १÷१ वटा एम्बुलेन्स अस्पतालका वा अन्य संस्थासँग समन्वय गरी निरन्तर सधैं तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । त्यस्तै गरी आफ्नो क्षेत्र भित्रका सबै एम्बुलेन्सहरु पे्रषण केन्द्रको समन्वयमा सञ्चालन गर्ने गराउने हकमा धुलिखेल अस्पतालले पे्रषण केन्द्रबाट ७ जना चिकित्सक सहितको जनशक्तिको टोलिले कार्य गर्दै आएको छ ।
चार सदस्यि छानविन समिति गठन
शुक्रबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको संयोजकत्वमा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठक बस्यो । जिल्लामा सञ्चालित एम्बुलेन्स कुन वर्गको सञ्चालनमा रहेका हुन सोबारे छानविन गर्ने र मापदण्ड पुरा नभएका एम्बुलेन्स र पापदण्ड पुरा हुन नसकेका समस्याहरु केके छन् सोको प्रतिवेदन उल्लेख गरी एम्बुलेन्सलाई थप व्यवस्थित गराउन ४ सदस्यि समिति गठन गरी ३ हप्ता भित्र प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको छ । स्वास्थ्य कार्यालय काभे्रका प्रमुख सह संयोजक रहने गरी ४ सदस्यीय छानविन समिति गठन गरिएको छ । मेथिनकोट अस्पताल, धुलिखेल अस्पताल, सम्न्धित पालिकाका स्वास्थ्य शाखा कार्यलय प्रमुख समितिमा रहेका छन् । बैठकले एम्बुलेन्सहरुलाई मापदण्ड अनुसार सञ्चालनका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा ११ को उपदफा १ को छ बमोजिम २ महिनाको म्याद दिई सूचना प्रकाशन गर्ने आवश्यक समन्वयका लागि स्थानीय सरकारसँग अनुरोध गर्ने, त्यसैगरी सम्बन्धित एम्बुलेन्सहरु न्एक् (जिपीएस) जडान गरी स्तर उन्नती मापदण्ड बमोजिम सञ्चालन गर्न स्थानीय सरकार, प्रादेशिक अस्पताल र स्वास्थ्य संस्थालाई अनुरोध गर्ने, त्यसैगरी एम्बुलेन्स चालक तथा त्यसमा रहने स्वास्थ्यकर्मीलाई तालिमका लागि प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
