IMG-LOGO

बनेपामा निःशुल्क दन्त शिविर प्रारम्भ

 सोम, पौष २३, २०८०  ---

           नगरले ६० वर्षभन्दा माथिका जेष्ठ सदस्यको निःशुल्क दाँत राख्ने बनेपा नगरपालिकाले ६० वर्षभन्दा माथिका दाँत नभएका सम्पूर्ण नगरवासिलाई कृतिम दाँत राख्ने प्रयोजनका लागि दन्त स्वास्थ्य  शिविर प्रारम्भ गरेको छ  । शिविरको उद्घाटन गर्दै नगर प्रमुख शन्ति रत्न शाक्यले नगरमा नगरवासिहरुका लागि स्वास्थ्य सेवा प्रवाहको पहुँच विस्तार गर्न निरन्तर लागि परेको बताउनुभयो । रेयुकाई मासुनागा आँखा अस्पतालको समन्वयमा सम्पूर्ण नगरवासीहरुको मोतिविन्दुको निःशुल्क अपे्रसन गर्दै आएको, महिलाहरुको पाठेघरको मुखको जाँच, विभिन्न स्वास्थ्य शिविर लगायतका कार्य गर्दै आएको शाक्यले बताउनुभयो । कार्यक्रममा उपप्रमुख विमला सापकोटा दाहालले महिलासँग उपमेयर कार्यक्रम अन्तरगत महिलाहरुको क्षमता अभिबृद्धि र नेतृत्व विकास, महिला शसक्तिकरण गर्ने कार्य गरेको बताउनुभयो । नगरपालिकाले जेष्ठ नागरिकहरुका लागि मेयरसँग नगर स्वास्थ्य कार्यक्रम अन्तरगत आवश्यकता पहिचान भएका ६० वर्षभन्दा माथिका सबै नागरिकको निःशुल्क दाँत राख्न लागिएको प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले बताउनुभयो । दन्त स्वास्थ्य शिविर कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, स्वास्थ्य शाखा प्रमुख महेश्वर श्रेष्ठ, लगायतको सहभागिता रहेको थियो । शिविरमा बनेपामा रहेको सुप्रिम डेन्टल र समाज डेन्टलले प्राविधिक सहयोग  गरेका थिए  । शिविरमा डा. विप्लब अधिकारी र डा. रोशनी श्रेष्ठले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्