IMG-LOGO

हचुवाका भरमा बजेट सिलिङ नतोक्न प्रधानमन्त्रीको निर्देशन

 सोम, पौष २३, २०८०  --

 

     काठमाडौँ – अनुमान र हचुवाका भरमा बजेट सिलिङ नतोक्न प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् ।‘सिलिङ तोक्दा अनुमान र हचुवाका भरमा नतोकौं, मन्त्रालयहरूलाई बोलाएर छलफल गरौं, उनीहरूको कुरा सुनौं,’ उनले भने, ‘यो लोकतान्त्रिक प्रक्रिया हो, कुनस्तरका योजना केन्द्रमा राख्ने, कुन प्रदेश र स्थानीय तहमा पठाउने भन्नेबारे प्रष्ट खाका चाहिन्छ, त्यसकालागि आवश्यक तयारी गर्नुस् भन्दै प्रम प्रचण्डले निर्देशन दिए ।

           सरकारको नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणको प्रतिबद्धता व्यक्त गरेअनुसार यसमा परिमार्जन गर्नेगरि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको छलफलका क्रममा सोमबार दाहालले यस्तो बताएका हुन् । आर्थिक वर्ष २०८०÷०८१ को नीति कार्यक्रम र बजेटमा व्यापक रूपान्तरण गर्न त्यसको नीति र कार्यतालिकामा परिमार्जन गर्नेगरि दाहालले बैठक बोलाएका हुन् ।

           अनावश्यक नयाँ योजना नथप्ने, अधुरा पूराना योजनालाई उच्च प्राथमिकता दिने र प्रत्येक आर्थिक वर्षमा कुनै रणनीतिक योजनामा केन्द्रित हुनेगरी नीति, कार्यक्रम र बजेटको तयारी गर्न अर्थ र आयोगलाई प्रधानमन्त्री दाहालले निर्देशन दिए । नीति, कार्यक्रम र बजेटमा नयाँपन ल्याउन प्रधानमन्त्रीको सोच महत्वपूर्ण भएको बताउँदै निर्देशन र सरकारको निर्णय बमोजिम मन्त्रालयले आवश्यक काम अगाडि बढाउने अर्थमन्त्री प्रकाशशरण महतले बताए । फागुनमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने, वैशाखमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र जेठ १५ मा बजेट प्रस्तुत गर्ने गरि राष्ट्रिय योजना आयोगले नीति, कार्यक्रम र बजेटको प्रस्तावित कार्यतालिका निर्माण गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्